टिकटक बनाउने क्रममा घाइते तुलसीपुरका युवकको मृत्यु

तुलसीपुर, ५ पुस । पश्चिम दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । उपचारकाक्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । शनिबार दिउसाे दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा उनि खसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?