संसद बैठक तत्काल बोलाउन प्रचण्ड–माधव पक्षको माग

काठमाडौं – संसद विघटनको विपक्षमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले संसदको बैठक अविलम्ब बोलाउन माग गरेको छ । नयाँ बानेश्वरमा बसेको विघटित प्रतिनिधिसभाका नेकपाका ९० सांसदले संसद विघटन असंवैधानिक रहेको भन्दै यस्तो माग गरेका हुन् ।

बैठकको निर्णय सुनाउँदै विघटित संसदमा नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङले अविलम्ब संसद बैठक बोलाउन माग गर्ने निर्णय भएको बताए । बैठकले वर्तमान संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको सिफारिस गर्ने र राष्ट्रपतिलाई अनुमोदन गर्ने अधिकार नदिइएको भन्दै उनीहरुले गरेको विघटन अस्वीकर गर्ने पनि बैठकले निष्कर्ष निकालेको छ ।

“प्रधानमन्त्रीको संसद विघटन सिफारिस गर्ने कथित कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्विकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अघि बढाइनुपर्छ भन्ने यो बैठक जोडदार माग गर्दछ,” गुरुङले बैठकको निर्णयबारे भने ।

बैठकले नेपालको संविधान र लोकतन्त्रप्रति संसद विघटनको निर्णयले प्रहार भएको भन्दै लोकतन्त्र र संसद विघटनको विपक्षमा उभिन पनि आह्वान गरेको छ । संसद विघटन पछि नेकपामा विवाद थप चर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?