एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन अर्घाखाँचीको बिस्तारित बैठक सन्धिखर्कमा सम्पन्न

१० पुस अर्घाखाँची

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन अर्घाखाँचीको बिस्तारित बैठक सन्धिखर्कमा सम्पन्न भएको छ। सङ्गठनका जिल्ला अध्यक्ष युबराज भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा सङ्गठनका केन्द्रिय उपाध्यक्ष मान ब. पान्डेको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्ने बक्ताहरुले देशको बिशम परिस्थितिको सामना गर्न सम्पुर्ण शिक्षकहरुको अहम भुमिका रहनुपर्नेमा जोड दिएका थिए । पेशागत हकहित र अधिकारका निम्ती सङ्गठनको जिल्ला कर्यसमिती एकाकार हुने महत्त्वपूर्ण निर्णय गरेको छ । सङ्गठनका केन्द्रिय सदस्य शुभाष चन्द्र बन्जाडे जिल्ला सल्लाहकार संयोजक कमल प्रसाद घिमिरे , प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष माधवा भुसाल लगायतले अहिले प्रधानमन्त्री बाट चालिएको कदम गलत भएको यसले देशको शैक्षिक आन्दोलन तुहाउने प्रयत्न भएको भएको थियो ।सङ्गठनका केन्द्रिय उपाध्यक्ष मान बहादुर पान्डेले अब झन बैचारिक एक्यवद्धताको खाचो हुने अवस्था सिर्जना भएकोले समग्र शैक्षिक तथा बैचारिक ब्याक्तित्व एक ठाउँमा रहनुको विकल्प नभएको बताउनुभयो । अहिलेको परिस्थितिले सरकारले सम्पुर्ण शिक्षकलाइ निराश बनाएको बताउनु भएको थियो । राजनैतिक नेतृत्वलाइ सफल बनाउने शैक्षिक जमातलाइ उपेक्षा गरेर कसैको क्षणिक स्वार्थ पुरा भए पनि पतन स्वभाविक हुनेमा सबै बक्ता तथा सहभागीहरुको आसय रहेको थियो। कार्यक्रमको संचालन सचीव बसन्त खड्काले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?