अनेरास्ववियु ज्ञवा माविद्वारा मृगौला पिडितलाई १ लाख बढि सहयोग हस्तान्तरण

माधव ज्ञवाली ,पौष ११ गुल्मी ।

अखिल नेपाल रास्टृय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) ज्ञवा मा.वि रुरुक्षेत्र गाउँपालिका वडा न.४ को मुल इकाई कमिटिले आज एक कार्यक्रमका विच मृगौला पिडितलाई नगद सहयोग हस्तान्तरण गरेको छ। जिल्लाको छत्रकोट गाउँपालिका वडा न. ४ बाँसखर्ककि सोही विद्यालयमा कक्षा ८ मा अध्यनरत सरोज वि.क कि ४१ बर्षिय आमा जमुना वि.क को दुवै मृगौलाले काम गर्न छोडेपछि विगत १ बर्षदेखी उहाँ गौतम बुद्द सामुदायिक अस्पताल बुटवलमा उपचारार्थ हुनुहुन्छ,परिवारको आर्थिक स्थिति कमजोर भएको थाहा पाएपछि अनेरास्ववियु ज्ञवा माविले जमुना वि.क बचाउ अभियान सुरु गरेको थियो। ज्ञवा माविमा आज एक कार्यक्रम आयोजना गर्दै कमिटिले मृगौला पिडितकी सासू आमालाई नगद रु.१ लाख १८ हजार ६ सय १७ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो। सहयोग हस्तान्तरण गर्दै कमिटीका अध्यक्ष रन्जित ज्ञवालीले आफुहरुलाई यसप्रकारको सामाजिक कार्य गर्न हौसला प्रदान गर्नुहुने सबैलाई आभार प्रकट गर्दै सहयोग गर्ने र सहयोग जुटाउन पहल गर्ने सम्पुर्णलाई धन्यवाद प्रकट गर्नुभएको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा न.४ वडा सदस्य मोति.प्रसाद श्रेष्ठ ,अनेरास्ववियु जिल्ला सचिवालय सदस्यहरु किशन पाण्डे ,बालेन श्रेष्ठ ,युवा संघ जिल्ला कमिटी सदस्यहरू पदम श्रेष्ठ ,भोजराज गौतम, अर्जुन ज्ञवाली ,अनेरास्ववियु श्रृङ्गेश्वर बहुमुखी क्याम्पस कमिटीका उपाध्यक्ष निलम ठडराई,सचीव विकास ज्ञवाली, लगायतको उपस्थिति रहेको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्य मोति प्रसाद श्रेष्ठ , अनेरास्ववियु जिल्ला सचिवालय सदस्य किशन पाण्डे,बालेन श्रेष्ठ लगायतले मन्तव्य राख्दै मृगौला पीडित जमुना विकको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?