ओलीको कदमको अमेरिकामा पनि विरोध, प्रतिनिधिसभा विघटन असंवैधानिक र स्वेच्छाचारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अमेरिकामा रहेका नेपालीले पनि विरोध जनाएका छन्। असंवैधानिक र स्वेच्छाचारी रूपमा प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरोधमा उनीहरुले न्यूयोर्कमा प्रदर्शन समेत गरेका छन्।

अमेरिकामा रहेका नेपालीहरूको संस्था युनाईटेड नेपाली कम्युनिटिज इन अमेरिकाको पहलमा विरोध प्रदर्शन गरिएको एक अधिकारकर्मीले जनाए। विरोध जुलुसपछि स्थानीय ज्याक्सन हाइटमा आयोजित कोणसभामा सहभागीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको विरोध गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?