पैंचो पसलले छैठौं बार्षिक उत्सबका अवसरमा रचनात्मक काम गर्दै , रक्तदान देखि सामुहिक भोजन सम्म

पौष १३ गुल्मी
पैचो पसल प्रालीले छैठौ बार्षिक उत्सब रचनात्मक काम गरेर मनाउने भएको छ । पैचो पसलले बार्षिक उत्सब यो बर्ष रक्तदान , बेसहारा संग सामुहिक भोजन, बजार सरसफाई , मठमन्दिर संरक्षण लगायतका काम गरेर मनाउने भएको हो ।
१५ गते बिहान रुपन्देहिको सुख्खानगर,मणिग्राम र होराईजन पैंचो शाखाको संयुक्त आयोजनामा नेपाल अपागं आश्रममा सामुहिक भोजनको आयोजना गरेको पैचोले कर्पोरेट कार्यालय शुख्खानगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै सरसफाई कार्यक्रम अन्तर्गत तानसेन पाल्पा शाखाको आयोजनामा तानसेनका बिभिन्न स्थान सरसफाई , पाल्पाको अर्गली गुल्मीको रिडि शाखा र प्रशोधन केन्द्रको संयुक्त आयोजनामा ऋषिकेश धाम सरसफाई , सत्यवतीको खैरेनी ,प्रधान कार्यालय समेत रहेको रुरुक्षेत्रको बलेटक्सार , छत्रकोटको दिगाम र हुंगाको आयोजनामा स्थानीय बजार एवं सार्वजनिक सम्पदा सरसफाई तम्घास शाखाको आयोजनामा बसपार्क सरसफाई एवं अपागं बेसहारालाई सामुहिक भोजनको आयोजना गरिएको पैचो पसल प्रा.ली का महाप्रबन्धक सुमन बरालले बताउनु भयो ।

 

गएका बर्षहरुमा किसान र बिज्ञहरुसंग अन्तत्र्रिmया , किसान सम्मान , उपहार योजना सार्वजनिक लगाएतका कार्यक्रमहरु गरेर बार्षिक उत्सब मनाउने गरेको पैंचोले यो बर्ष कोरोना महामारी का कारण फरक तरिकाले उत्सब मनाउन लागेको हो ।
ग्रामिण भेगमा उत्पादन र उत्पादकत्व बढाई बजारीकरण समेत गरेर स्थापनाको छोटो समयमै राष्ट्रिय युवा प्रतिभा सम्मानबाट समेत सम्मानित पैंचो पसलले यहि १५ गते छैंठौ बार्षिक उत्सब गएका बर्षमा भन्दा रचनात्मक काम गरेर मनाउने भएको हो ।
पैचोले सो अवसरमा आफ्ना ग्राहकहरुलाई बिसेष छुटको सुबिधा समेत दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?