सोलुखुम्बुमा ट्याक्टर दुर्घटना,एक गम्भिर घाइते 

सोलुखुम्बुमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ९ लाप्चामा शुक्रबार साँझ ७ : ३० बजे लु ३ त ५४१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानिय ४१ वर्षिय बमबहादुर तामाङ गम्भिर घाईते भएका हुन् । दुर्घटनामा परी घाइते भएका तामाङलाई उपचारका लागि एम्बुलेन्स मार्फत मिसन अस्पताल ओखलढुंगा लागिएको स्थानीय पेमा छिरे तामाङले जानकारी दिनुभयो । तामाङको आँखामाथि गम्भिर चोट लागेको जनाइएको छ । काठ अनलोडका लागि जैदु सडकमा रोकी राखिएको ट्रयाक्टर बमबहादुरले चलाएपछि दुर्घटना भएको स्थानीयको अनुमान छ ।

ट्याक्टर सडकबाट ६० मिटर तल खसेको हो । ट्याक्टर चालक रिम ब. थापा मगर भने ढालामा रहेकाले हाम फालेर ज्यान जोगाउन सफल भएको बताइएको छ। तर जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु भने घटनाको बिषयमा बेखबर रहेको सुचना अधिकारी एव् प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?