जता हेर्यो उतै सुन्तला , सुन्तला गाउँ काउले ( भिडियो सहित )

गुल्मीको छत्रकोट गाउँपालिका वार्ड न ३ मा अवस्थित काउले अचेल सुन्तला गाउँ बनेको छ । गाउँका करिब २५ परिवारले बार्षिक १ करोण भन्दा बढिको सुन्तला निर्यात गर्दै आएका छन ।
काउलेमा अहिले जस्को बारिमा पुगेपनी लटरम्म पाकेका सुन्तला देख्न सकिन्छ । आगनको डिल देखि बारिको पुछार सम्म पहेलपुर बनेका सुन्तलाले यहाँ पुग्ने जो कोहिलाइ मन्त्रमुग्ध बनाइदिन्छ ।
२०३३ सालमा बारिमा फलेका सुन्तला बेच्न डोकोमा बोकेर ४ घण्टाको दुरिमा पर्ने खर्ज्याङ्ग सम्म पैदलै पुग्नु पर्थ्यो तर अहिले अवस्था फेरिएको छ । घरको ताग्लो सम्म नै पैचो पसलको गाडी आउँछ आगनबाटै किनेर लैजान्छ ।
अधिकाम्स कृषि पेशामा आबद्ध यो गाउमा एउटा परिवारले मात्रै बार्षिक ८/९ लाख सम्मको सुन्तला बेच्ने गरेको अगुवा किसान यज्ञमुर्ती पन्थले सुनाउनु भयो । श्रीमान श्रीमतिले मात्रै काम गर्नुहुन्छ , गोठमा गाइभैसी पनि छन मल किन्नु पर्दैन तसर्थ सुन्तला बिक्री बाट आउने रकम सबैजसो बचत हुन्छ ।
एक भिडियो रिपोर्ट ( भिडियोमा हेर्नुहोस )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?