गुल्मी सेवा समाज साइप्रसको तदर्थ समिती बिस्तार 

गुल्मी सेवा समाज साइप्रसको तदर्थ समिती बिस्तार गरिएको छ । अंग्रेजी नया बर्षको अवसर पारेर गुल्मी सेवा समाज साईप्रसको अनलाईन बैठकले तदर्थ कार्य समिति विस्तार गरिएको हो ।
साईप्रसमा रहेका गुल्मेलीहरुलाई एकिकृत गरेर गुल्मेलीहरुको शान, नितान्त  पृथक पहिचान  र प्रार्थना  गर्ने ओठहरू भन्दा, सहयोग गर्ने हातहरू पवित्र र प्रेरणादायी हुन्छन् भन्ने सामुहिक चाहानाले प्रदेश पुगेका गुल्मेलीहरूको एकतालाई समाजसेवामा बढाउने  उद्देश्यले समिति गठन गरिएको अध्यक्ष श्यामलाल नेपालीले  जानकारी दिनुभयो ।
समाजका अध्यक्ष नेपालीको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा मुना ढकाल , सुनिल भण्डारी ,सचिव सरिता सेन ठकुरी , कोषाध्यक्ष प्रभा अधिकारी र सह कोषाध्यक्ष राम प्रसाद सापकोटालाई चयन गरेको छ ।  समाजको  सदस्यहरुमा शान्ति शाही , प्रकास विक , दिल मगर , शोभा केसी , राहुल बस्तेत , बसन्त पौडेल , नुमु परियार , रबि ज्ञवाली ,सिता गाहामगर ,रमेश गरि , प्रतिभा चौलागाई , रितु थापा मगर , रेखा खरेल लगायत २० जना रहनु भएको महासचिव मनोज पन्थले जानकारी दिनुभयो ।
पछिल्लो समय देश छोडेर परदेश पुगेका युवाहरु परदेशबाटै समाज सेवामा कृयाशिल भएका छन । तुलनात्मक रुपमा अन्य देशमा भन्दा थोरै प्रवासीहरु भएपनी एकीकृत हुदा यहाँ रहेका नेपालिलाइ समस्या हुदा , देशमा केही गर्नु पर्दा सजिलो होस भनेर समाज गठन गरेका हौं महासचिब पन्थले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?