बिरोध सभालाई सम्बोधन गर्न डा. भण्डारी गुल्मी आउदै 

नेपाली काङ्ग्रेसले आयोजना गरेको बिरोध सभालाइ सम्बोधन गर्न काङ्ग्रेस केन्द्रिय सदस्य एवम संविधान सभा सदस्य डा. चन्द्र भण्डारी गुल्मी आउनुहुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरि निर्वाचन घोषणा गरेपछी ओलिको कदमलाई असंबैधानिक , निरङ्कुस एवम संबैधानिक कु को संज्ञा दिएको काङ्ग्रेसले शनिबार देशका सबै प्रदेश निर्वाचन क्षेत्रमा बिरोध सभाको आयोजना गरेको छ ।
नेपाली काङ्ग्रेस गुल्मी निर्वाचन क्षेत्र न . १ प्रदेश ख को आयोजनामा छत्रकोट गाउपालिकाको छत्रकोट देवालय परिसरमा आयोजना गरिएको बिरोध र्याली एवम सभालाइ सम्बोधन गर्न नेता डा. भण्डारी आउने नेपाली काङ्ग्रेस जिल्ला सदस्य एवम छत्रकोट छाया सरकार प्रमुख अनन्त पौडेलले जानकारी दिनुभयो ।
नेता पौडेलले सरकारको गैरलोकतान्त्रिक , गैरसंवैधानिक कदमको विरुद्धमा सडकमा आउन  आम नागरिकलाइ समेत आग्रह गर्नुभएको छ । कार्यक्रम २५ गते शनिबार बिहान ११ बजे देखि सुरुहुने बताइएको छ ।
यसैबिच नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ प्रदेश (क) को आयोजनामा गुल्मीको इस्मा गाउँपालिकाको छल्दीटारीमा हुने विरोध सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका युवानेता प्रकाश रसाइली ( स्नेही ) आउने नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?