अड्गुरी समाज रुपन्देहीले गर्‍यो बिद्यार्थीहरुलाइ पोसाक तथा शैक्षिक सामग्री बितरण

माधव बेल्वासे ,अर्घाखाँची ,पौष २४

अड्गुरी समाज रुपन्देहीले आज एक कार्यक्रमको आयोजना गरि अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ७ अड्गुरी भित्र रहेका ७ सामुदायिक बिधालयका २१ बिद्यार्थीहरुलाइ पोसाक तथा शैक्षिक सामग्री बितरण गरेको छ ।

अड्गुरी स्थाइ घर भै विभिन्न उदेश्यका साथ रुपन्देही बसोबास गर्नेहरूको साझा सस्थाको रुपमा स्थापित यो सस्था बिभिन्न सामाजिक तथा सेवामूलक कार्यलाइ आफ्नो मुल उद्देश्य बनाइ सक्रिय भैरहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा न. ७ का अध्यक्ष गुनाखर अधिकारीले सेवाको भावना सहित गैर राजनीतिक साझा सस्था जन्मनु मात्र नभै त्यसको भुमिका पनि जन लक्षित हुनुनै आजको आवस्यकता भएको बताएका थिए ।

सस्थाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष लुकराज न्यौपानेले आफुहरु बिशुद्ध सामाजिक कार्यमा लागिरहेको र रुपन्देहीमा हुँदा पनि अड्गुरिको सेवा गर्न पाउदा खुशी मिल्ने बताएका थिए । उनले आफुहरुले रुपन्देहीमा हुँदा उपयोग गर्ने कृषि सामग्री अड्गुरिकै कसरी उपयोग गर्न सकिन्छ भनी योजना बनाइ प्रस्ताव गरेको बताउदै कृषकका लागी पनि योगदान दिने गरि आगामी योजना अगाडि बडाउने र त्यसका लागी प्रेरणा मिलेको बताएका हुन ।

 

त्यस्तै सस्थाका पुर्व अध्यक्ष टेकराज न्यौपानेले मातृभुमी प्रतिको मायाले आफुहरुलाइ रुपन्देही हुँदा पनि यहि माटोको पछ्याउँदै गरेको अनुभव हुने बताएका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुमा सस्थाका सल्लाहकार रामचन्द्र पन्थी,बिद्याबिनोद माध्यमिक बिधालयका ब्यवस्थापन समिती अध्यक्ष कमल घिमिरे , प्रधानाध्यापक सुनिता अधिकारी , नेकपाका वडा कमिटी अध्यक्ष जनार्दन न्यौपाने नेपाली काङ्ग्रेसका तुल्सिराम पौडेल पत्रकार माधव बेल्वासे लगायतले यसरी सामाजिक क्षेत्रमा सहयोगि भावना लिएर बिपन्नताका कारण शिक्षाको पहुँचमा कमि हुन नदिन सस्थाले गरेको सहयोगको प्रशम्सा गरेका थिए ।

 

नेपाल रेडक्रस सोसाइटीका अड्गुरी उपशाखा सभापति शालिकराम बेल्वासे भगवती आधारभूत बिधालयका प्रधानाध्यापक धर्मराज पन्थी , स्वास्थ चौकी प्रमुख पुनाराम भुसाल , जनप्रतिनिधि टोपकला कब्दार, स्वास्थकर्मी शुसिल खनाल , शिबालय पोल्टिफर्मका दिपक न्यौपाने तथा सामुदायिक बिधालयका प्रधानाध्यापक तथा प्रतिनिधि , स्थानीय बुद्धिजीवी समाजसेवीको लगायत अतिथि रहेका थिए ।बिद्यार्थी हरुलाइ अनुमानित १ बर्षलापुग्ने जुत्ता , झोला , कापी र पेन सहित कपडा सिलाउन प्रती बिद्यार्थी नगद ५ सय रुपैयाँको दरले समाजले अड्गुरिमै कार्यक्रम गरेर बितरण गरेको थियो ।

शैक्षिक सामग्री पाउदा विद्यार्थी तथा अभिभावकहरुले आफुहरुलाइ हौसला मिलेको बताएका थिए । कार्यक्रमको संचालन सस्थाका महासचिव रामप्रसाद पन्थिले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?