“अदालतको निर्णय कुर्छौ ” : काङ्ग्रेस नेता डा. भण्डारी गुल्मी


गुल्मी
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एव प्रभाबशाली नेता डा. चन्द्र भण्डारीले अदालतको निर्णय जे आउँछ त्यसैलाइ मान्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यक्रम अन्तर्गत आज गुल्मी निर्वाचन क्षेत्र न १ ख को कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काङ्ग्रेसले बिधिको शासन मान्ने भएकाले प्रतिनिधि सभा विघटनको सदर्भमा अदालतको निर्णय जे आउँछ त्यसैमा लाग्ने बताउनु भयो ।

नेपालमा कम्युनिस्ट पार्टिले पाएको सुबिधाजनक बहुमतलाइ बादरको हातमा नरिवल बनाएको भन्दै नेता भण्डारीले नेपाल कम्युनिस्ट पार्टिले पार्टिको लडाइँका कारण देशलाइ भड्खालोमा हालेको आरोप लगाउनु भयो ।
नेता डा. भण्डारीले कोरोनाका कारण जनता मर्दा नदेख्ने सरकार सर्प पाल्न झलनाथ खनालको फाउन्डेसन लाई पैसा दिएरै आफ्नो स्तर प्रस्ट पारेको सरकारले भ्रष्टाचारमा चुर्लुम्म डुबेर एशियाकै सर्वाधिक भ्रष्टाचारको सुचिमा देशलाइ पुर्याउने , केन्द्र देखि स्थानिय तह सम्म नै भ्रष्टाचार र बेथितिमा प्रथम बनेको आरोप लगाउनु भयो ।

वहाँले यो सरकारले प्रतिनिधि सभा विघटन गरेर असंबैधानिक काम गरेको भन्दै अब अन्तिम आसा अदालत सङ्ग रहेको र अदालतको जे निर्णय आउँछ काङ्ग्रेसले त्यसैलाइ स्विकार्ने बताउनु भयो । ” काङ्ग्रेसले आफुले बनाएको संविधान र यस्को मर्म मान्दछ हामिले हाम्रो संविधानको संरक्षक र ब्याख्याता अदालतलाइ मान्दछौ नेता डा. भण्डारीले भन्नुभयो ।

गुल्मी जिल्लाको बिकाशको प्रसङ्ग कोट्याउदै नेता भण्डारीले आफ्नो पालामा भएका कामलाइ कम्युनिस्टले उदघाटन गर्ने बाहेक केही नगरेको भन्दै आफ्नो पालामा सुरुभएका बिकास आयोजनामा समेत दुर्भावपुर्ण तरिकाले बजेट अभाव बनाएको भन्दै अब आफुले सुरु गरेका काम फेरि आफ्नै पालामा सम्पन्न गर्ने दाबी गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?