वडिगाड ३ सिसाखानीमा आगलागी हुदा घर र गोठ जलेर नष्ट

तिलक मगर बागलुङ ।                                            जिल्लाको बडिगाड गाँउपालिका ३ सिसाखानीमा आज आगलागीहुदाँ एक घर र गोठ जलेर पुर्ण रुपमा नष्ट भएका छन । स्थानिय जिवन घर्तिको घरमा आज विहान करिब ८ बजे आगलागी हुदा खरले छाएको घर गोठ सहित १२ लाख बराबरको क्षती भएको वडा अध्यक्ष खड्क पुनले जानकारी दिनुभयो ।
विहानको समयमा आलगाली हुदाँ गोठमा रहेका पशुचौपाय भने जोगाउन सकिएको भएपनि घर भित्रका लताकपडा, अन्नपात साथै अन्य सामा्रगी जोखाउन नसकिएको पुनले बताउनुभयो । आगो निभाउने क्रममा घर्तिकी श्रीमति दिलमयाको खुट्टामा चोट लागेको र उपचारकोलागि गलकोट हटिया स्थित आरोग्य अस्पताल लगिएको पनि वडा अध्यक्ष पुनले बताउनुभयो ।
आगो निभाउन पानीको स्रोत नजिकै नभएको कारण आगो निभाउन समय लागेको स्थानिय समिर पुनले बताउनुभयो । साथै पुनले आगोलागीको करण बस्ने घर नै धोस्त भएपछि घर्ति परिवार स्थानियको घरमा आश्रय लिएर बसेको समेत जानकारी दिनुभयो । आगो के कारणले लाग्यो भने बारे केहि नखुलेको स्थानियले जनाएका छन । यता वडा र गाँउपालिकाले भने पिडित परिवारको लागि सहयोग गर्ने प्रतिबद्धता जानाएका छन ।
सरकारले खरका छाना विस्थापित गर्ने कार्यक्रम संचालन गरेतापनि वास्तविक पिडित छनोटमा नपर्दा बर्षेनि आगलागीका घटना घटने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?