नेकपा फुटेको असर गुल्मीमा, इलाका उपाध्यक्ष सहित २२ जना काङ्ग्रेसमा प्रबेस


गुल्मी
गुल्मी निर्वाचन क्षेत्र न १ ख मा आज ओलि सरकारले गरेको प्रतिनिधि सभा बिघटन विरुद्ध नेपाली काङ्रेसले गरेको कार्यक्रममा नेकपाका करिब २ दर्जन अगुवा नेता तथा कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन ।

“नेकपा भित्र रहदा कहिले यता कहिले उता फेरि एकता भन्यो मान्यौ अब फेरि फुट्यो , जनतालाइ सधै पेण्डुलम बनाउने पार्टी भन्दा देशलाइ शान्ति र संविधान दिने नेपाली काङ्ग्रेस नै सहि भन्दै नेपाली काङ्ग्रेस प्रबेश गरेको हौं ” छत्रकोट ४ शृङ्गाका खिमराज कंडेलले भन्नू भयो
आज पार्टी प्रबेश गर्ने हरुमा छत्रकोट ४ शृङ्गाकी नेकपा इलाका उपाध्यक्ष मनरुपा कंडेल , छत्रकोट ३ रुन्जाकोटका दधिराम काफ्ले , नन्दराम पौडेल, सुवाश अर्याल , राजन अर्याल रहनु भएको छ ।

यस्तै छत्रकोट ५ मैनडाडाका धुर्व कुवर, बिष्णु पाण्डे , पिताम्बर कुवर, बाल कुमार कुवर , बाबुराम नेपाली , सुनिल नेपाली , फुलमाया परियार , गिता नेपाली नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गर्नुभएको छ ।

त्यस्तै छत्रकोट १ हुगाबाट मिना नेपाली , देबि शुर्जा , हरि सुवेदी , छत्रकोट ३ भेडुवाका सोम बहादुर सिजाली , छत्रकोट २ भेडुवाका भुवन मिदुन , छत्रकोट २ ग्वाघाका यम प्रसाद खनाल , छत्रकोट २ ढाङ्ग्रेका कर्ण रजाली , र भेडुवाका अर्जुन मिदुन नेकपा परित्याग गरि नेपाली काङ्ग्रेस प्रबेश गर्नुभएको छ ।

वहाँहरुलाइ नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य डा. चन्द्र भण्डारी , जिल्ला सचिब खिलध्वज पन्थी , जिल्ला सदस्य अनन्त पौडेल , छत्रकोट संयोजक धातानन्द भुसाल , नेता धनेन्द्र कार्की , धना भण्डारी लगायतले टीका माला र खादा ओडाएर सम्मान सहित पार्टी प्रबेश गराउनु भएको छ ।

पार्टी प्रबेश गराउदै नेता भण्डारीले ब्यक्तिगत स्वतन्त्रता सबै नेपाली सङ्ग भएको भन्दै काङ्ग्रेस यहि स्वतन्त्रताका लागि लडेको बताउनु भयो । नव आगन्तुकलाई स्वागत गर्दै नेता डा. भण्डारीले आगामी दिनमा काङ्ग्रेस प्रबेश गरेकै कारण कसैले धम्क्याए नेपाली काङ्ग्रेस सुख दुखमा सङ्गै छ भन्दै दृण भएर पार्टी संगठन निर्माणमा लाग्न आग्रह समेत गर्नुभयो ।

क्षेत्रीय सभापती हरि अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब धातानन्द भण्डारीले गर्नुभएको थियो ।
धातानन्द भुसालको स्वागत बाट सुरु भएको कार्यकममा नेबिसंघ पुर्व केन्द्रिय सदस्य मोती भण्डारी , जिल्ला कार्यवाहक सभापती रामजी पन्थि लगायतले समेत बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?