सन्धिखर्कमा एकैदिन २ बिधालय भवन शिलान्यास

अर्घाखाँचीको सन्धिखर्कमा एकैदिन २ बिधालय भवन शिलान्यास गरिएको छ । गोपेश्वर आधारभुत बिधालय सन्धिखर्क नगरपालिका वडा नम्वर ५ वाङ्गला अर्घाखाँचीमा एक कार्यक्रमका बिच २ वटा भवनको एक साथ सिलन्यास गरिएको छ ।
वडा नम्बर ५ वडाध्यक्ष राजेन्द्र भुसाल र बिधालय व्यवस्थापन समिती अध्यक्ष शेषकान्त भुषालले दुइ भवनको छुट्टाछुट्टै सिलन्यास गर्नुभएको थियो । बिधालयमा बिगत देखी रहदै आएको भौतिक अभावलाइ कम गर्न यि भवनको समयै निर्माण सम्पन्न हुन सके विद्यार्थी हरुको सहज बसाइलाइ सहयोग पुग्ने बिधालयका प्रधानाध्यापक बिन्दु बेल्वासेले बताउनुभएको छ ।

२ कोठे र ३ कोठे दुवै भवन एकसाथ सिलन्यास भए पछि स्थानीय सेवाक्षेत्रका बासिन्दाहारु हर्षित बनेका छन । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गिता भुषाल, बिधालय व्यवस्थापन समितिका पधादिकारी , चन्दादाता स्थानीय बुद्धिजीवी ,विद्यार्थी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?