एक सफल पत्रकार मोहन बस्नेत , एउटा असफलताले चुलिएको सफलता ( भिडियो सहित )

भनिन्छ एउटा ढोका बन्द हुदा अरु हजारौं ढोका खोलिन्छन , आज म त्यस्तै एउटा असफलताले दिएको सफलताको कथा प्रस्तुत गर्दै छु । मैले यहाँ प्रस्तुत गर्न खोजेको ब्यक्ती हुन नेपालकै चर्चित युट्युबर मोहन बस्नेत ।

गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड न ३ भाडगाउमा बुवा मीन बहादुर बस्नेत र आमा पबित्रा बस्नेतको कोखबाट जन्मिएका मोहन बस्नेतलाइ नचिन्ने सायदै कोहि होला । उनको जन्म २०५२ साल बैशाख २६ गते एउटा मध्यम बर्गिय परिवारमा भएको हो । मोहनको परिवार आज पनि गाउँमै खेती किसानीमा ब्यस्त छ ।

आज म मोहनको घर आएको छु , मैले मोहन सङ्गै सहयात्रा गर्न लागेको करिब ५ बर्ष भयो लगभग उस्का सबैजसो आनिबानी थाहा छ मलाइ , तर मलाइ आज सम्म थाहा नभएको एउटा गज्जबको कथा थाहा भयो उस्को घर पुग्दा । मोहन करिब १८ बर्ष पुग्नै लाग्दा आफ्नो दाइ कमल बस्नेत र अरु ४ जना सङ्गै नेपाली सेनामा भर्ती हुन बर्दघाट सम्म पुगेछन , सङ्गै गएका अरु नेपाली सेनामा भर्ती भए तर असफल भए मोहन बस्नेत । त्यहीँ बाट खुल्यो मोहन बस्नेतको सफलताको ढोका ।

 

त्यही बेला नेपाली सेनामा भर्ती भएको भए मोहनको भरपर्दो जागिर त हुन्थ्यो तर आज एउटा युवा समाजसेबीको लिस्टमा हुदैन थियो मोहनको नाम । आज म मोहनको बुवा आमा र मोहन सङ्ग केही अन्तरङ्ग कुराकानी गरेर यो भिडियोमा प्रस्तुत गरेको छु बाकी भिडियोमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?