भारतीय न्यूज च्यानल जी न्यूजलाई रवि लामिछानेले दिए दनक ….जी भन्दै


काठमाण्डौ ।

सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै भिडियो सामाग्री प्रशारण गर्ने भारतीय न्यूज च्यानल जी न्युजलाई नेपाली चर्चित पत्रकार रवि लामिछानेले गतिलो जवाफ दिएका छन् ।
जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको थियो । जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नु पर्ने समेत बताएका छन् ।

विभिन्न सञ्चारमाध्यममा यो खबर प्रमुख खबर बनेको छ । यसैसन्दर्भमा रहेर नेपाली चर्चित पत्रकार रवि लामिछानेले टिप्पणी गरेका छन् । सिधा कुरा जनतासगं सञ्चालक रवि लामिछानेले जी न्यूजलाई….जी च्यानल भनेका छन् ।

रविले लेखेका छन् । बा नाङ्गिदै थिए । लाज छोप्ने कपडाको टालो लिएर जी न्यूज वाला आयो । ४० मिनेट जति टालो ले लाज छोपे, उसले ल्याएको सुनपानी पनि छर्किए । तर ..जी न्यूजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथा फेदमा गएर भन्यो यी टालो यहाँ छ । बा फेरी नागैं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?