गुल्मीमा सामुहिक कुटपिटबाट विद्यार्थी गम्भिर घाइते


गुल्मीमा कुटपिटबाट एक विद्यार्थी गम्भिर घाइते भएका छन । जिल्लाको रेसुङ्गा नगरपालिका १ स्थित महेन्द्र नमुना माध्यमिक विद्यालय कक्षा ११ मा पढ्ने इस्मा गाउँपालिका ३ दर्लामचौरका माधव पछाई गम्भिर घाइते भएका हुन । उनलाई सोही विद्यालयमै कक्षा ११ मा पढ्ने रोहित गुरुङ र उनका साथिहरुले कुटपिट गरेका थिए । कुटपिटबाट टाउको र शरिरमा चोट लागेका उनलाई जिल्ला अस्पतालको उपचारपछि थप उपचारको लागि पाल्पाको प्रवास अस्पताल पुर्याइएको छ ।

कुटपिट गर्ने तीनजनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्धामा निवेदन दर्ता भएको छ । पीडितका बुबा तेज बहादुर पछाइले रेसुङ्गा नगरपालिका ८ का अन्दाजी १८ बर्षिया रोहित गुरुङ, रेसुङ्गा नगरपालिका १ का अन्दाजी २० बर्षिया आशिष पाण्डे, रेसुङ्गा नगरपालिका १ का अन्दाजी २० बर्षिया सन्देश श्रेष्ट र रेसुङ्गा नगरपालिका ८ का अन्दाजी १९ बर्षिया रितेश भलामी विरुद्ध किटानी जायरी दिएका छन ।

आइतबाट कुटपिट गरेपनि प्रहरीले सोही दिन मुद्धा दर्ता गर्न मानेन । त्यसपछि जिल्लाका सरोकारपक्षहरुको दबावमा सोमबार मात्रै मुद्धा दर्ता गरेको हो । निवेदनपछि सन्देश र रितेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने रोहित र आशिष फरार छन् । कुटपिट गर्नेमध्ये रोहित गुरुङ महेन्द्र नमुना माध्यमिक विद्यालय कक्षा ११ का विद्यार्थी हुन भने अन्य तीनजना उक्त विद्यालयका विद्यार्थी नभएको विद्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख प्रविणलाल श्रेष्टले जानकारी दिए । ( साभार : रासस )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?