गोरखाको दुर्गम सिङला गाउँमा पहिलो पटक गाडी लिएर पुगे मन्त्री बस्नेत


सरिता गुरुङ्ग
गोरखाको उत्तरी दुर्गम धार्चे गाउँपालिका वडा नं ५ सिङला गाउँमा पहिलो पटक मोटरबाटो निर्माण कार्य सम्पन्न भई उक्त बाटोको उद्घाटन भएको छ ।

गण्डकी प्रदेश सरकारको बाटो नभएको ठाउँमा बाटो निर्माण गर्ने योजना अन्र्तगत सरकार गठन भएको तीन वर्ष पछि ४ करोड २२ लाख लागतमा भिर फोरेर उक्त गाउँमा पहिलो पटक मोटरबाटो निर्माण भएको हो ।
सो मोटरबाटोको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गोरखाको उत्तरी भेगको काशीगाउँ, केरौजा, सिङलामा आफु निर्वाचित भएपछि मोटरबाटो निर्माण गरिएको बताएका छन् ।
मन्त्री बस्नेतले आफ्नो कार्यकलमा केरौजा देखि रुन्चेत, हुल्चुब, उयासम्ममा यही वर्ष भित्र मोटरबाटो पुर्याउने र चिन जोडने रोइला भन्ज्याङसम्म समेत बाटो निर्माण गर्ने आफ्नो लक्ष्य रहेको पनि जानकारी गराएका छन् ।
त्यस्तै धार्चे गाउँपालिकाको वडाहरुमा बाटो समस्याको समाधान मात्रै नभई एक घर एक धारा निर्माण कार्य पनि भइरहेको मन्त्री बस्नेतले बताए ।

उनले आफ्नो निवार्चन क्षेत्रमा चुनाव प्रचारमा जनतासंग गरेका बाचाहरु केही पुरा भएका र केही योजना कार्यहरु जस्तैै मोटररेल पुल, झोलुङगे पुल, खानेपानीको साथै सिचाईका कार्य पनि निर्माण भइरहेको र छिट्टै जनताले प्रदेश सरकारको विकास निमार्णको कार्यलाई महसुश गर्ने पनि जानकारी दिएका छन् ।

उनले गोरखाको बारपाक लाप्राक मोटारबाटो ग्राभिल गर्नका लागी ४९ करोड र आरुघाट माछाखोलाको लागि ५५ करोड बजेट विनियोजन भएको र काम पनि चुस्त गतिमा भईरहेको जानकारी दिएका छन् ।
यस्तै सोही उद्घाटन समारोह सम्पन्न भएपछि उनले पोखरा फर्कने क्रममा माछाखोलामा आफ्ना कार्यकर्तालाई भेट्घाट गर्नुका साथै पार्टीभित्र हाल केही समस्या भएतापनि बाहिर पचार भए जस्तो आधिकारिक रुपमा पार्टी विभाजन नभएको बताए ।

उनले सबै कार्यकर्ताहरुलाई एकजुट भएर आन्तरिक समस्या समाधानमा लाग्नुपर्ने र सरकारले जनतामा गरेका सुखी नेपाली, समृद्ध नेपालको बाचालाई पुरा गर्दै सदैब जनताको हितमा कार्य गर्न आफु पनि लाग्ने र कार्यकर्तालाई लाग्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?