गुल्मी सेवा समाज कतारद्वारा यु.एच.एफ.सि. चारपालालाई सहयोग

रामकृष्ण कंडेल,

गुल्मी सेवा समाज कतारले दरवारदेउराली दर्शन सेवा समाज र गुल्मीदरबार गाउँपालिका वडा नं. ६ र ७ को युनाइटेड हेल्थ एण्ड फिट्नेस क्लब यु.एच.एफ.सि.ले सहकार्य गरी स्थापना गर्न लागेको “कलम र मलम” नामक अक्षयकोषका लागि रु २२,१५५ नगद सहयोग प्रदान गरेको छ ।

 

प्रतिबद्धता, निश्वार्थ समाज सेवा आजको आवश्यकता भन्ने मूल नाराका साथ स्थापना भएको गुल्मी सेवा समाज कतारले आफ्नो स्थापना कालदेखि नै गुल्मीका दुखी, पिडित र विपद्मा परेकाहरुलाई सहयोग गर्दै आई रहेको छ । केही समय अगाडि सवारी दुर्घटनामा परेका चारपाला निवासी रुपा खड्काका छोरा विनोद खड्कालाई बचाउन उनको उपचारका लागि कतारमा रहेका चारपालाबासी युवा साथीहरु र गुल्मी सेवा समाजको सहकार्यमा रु ४२,००० रकम सहयोग गरेको थियो ।

 

यस पटक भने उत्त संस्थाले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुको लागि स्थापना गर्न लागेको “कलम र मलम” नामक अक्षयकोषका लागि आर्थिक सहयोग प्रदान गरेको छ । रकम संकलनका विषयमा प्रष्ट पार्दै अध्यक्षले हामीलाई प्रारम्भिक चरणमै दरवारदेउराली सेवा समाजले आर्थिक संकलनका लागि प्रस्ताव गरेको सहकार्य अनुरुप क्लबको सदस्यताका लागि र गरिब तथा विपन्न विद्यार्थीका लागि “कलम र मलम” अक्षयकोष स्थापनाका लागि दुई किसिमले सहयोग रकमहरु प्राप्त भइरहेका छन । गुल्मी सेवा समाज कतारले पनि यही सहकार्यकै कारण रकम प्रदान गरेको हो ।

 

हालसम्म झण्डै रु २,५०,००० रकम संकलन भैसकेको र अन्य धेरै सहयोगीहरु सहयोगका लागि तत्पर हुनु भएको पनि क्लबले बताएको छ । हामी उत्साहित नै छौँ, व्यवस्थित ढंगले असल कार्य गरेमा रकमको अपुग नहुने विश्वास लागेकोले यहीं बैशाखसम्ममा पढ्ने चाहाना भएका तर आर्थिक अभावका कारण विद्यालयको पहुच बाहिर रहेका बालबालिकाको लागि ५ लाखदेखि १० लाखसम्मको अक्षयकोष स्थापना गर्ने तयारीमा रहेको पनि अध्यक्ष थापाले जानकारी गराउँदै यसमा सहयोग गर्न चाहाने संघ संस्था वा कुनै पनि व्यक्तिले ग्लोबल आइ.एम.इ. बैंक शाखा गौडाकोटमा रहेको क्लबको खातामा आफ्नो नाम र सहयोगको उद्देश्य समेत खुलाई सहयोग प्रदान गर्न सकिने पनि क्लबले जनाएको छ ।

 

युनाइटेड हेल्थ एण्ड फिट्नेस क्लबको गठनका बारेमा बताउँदै क्लब दर्ता समितिका अध्यक्ष इन्द्र बहादुर थापाले अन्यत्रका क्लबहरुले रचनात्मक ढंगले उत्कृष्ट कार्यहरु गर्ने गरेका र हाम्रो स्थानीय स्तरमा सशक्त ढंगले युवाहरुलाई एकिकृत गरी यहाँका सामाजिक, धार्मिक र सास्कृतिक कार्यक्रमहरु सञ्चालन गर्न एउटा क्लबको आवश्यकता देखिएकोले “दिगो स्वस्थ जीवनका लागि खेलकुद, समृद्ध समाज निर्माणमा युवाहरु एकजुट” भन्ने अभिप्रायले खेलकुद र सामाजिक सेवाको माध्यमबाट समाजमा रहेका विकृति विसéतिहरुको न्यूनीकरण गरी युवाहरुलाई सक्रिय बनाउन यस क्लबको गठन गरिएको बताउनु भयो । साविकको दरबार देबिस्थान गाबिसको वडा नं. १ देखि वडा नं. ६ सम्मका युवाहरुको संयुक्त भेलाबाट ६ महिनाभित्र आधिकारिक रुपमा क्लबको दर्ता गर्ने, स्थायी लेखा नम्बर एब्ल् लिने, र बैङ्क खाता सञ्चालन गर्ने गरी सोही भेलाबाट थापाको अध्यक्षतामा दर्ता समिति गठन गरिएको थियो ।

 

दर्ता प्रक्रियाका सम्पूर्ण कार्य सम्पन्न भएकाले हाल सदस्यता वितरण गर्ने र साविकका वडाहरुलाई आधार बनाई ६ वटा उपसमिति गठन गरी उपसमितिको अध्यक्ष मूल कार्य समितिको पदेन सदस्य रहने गरी आगामी चैत्र महिनाभित्र सदस्यता वितरण कार्य सम्पन्न गर्ने र आम भेलाबाट उत्त क्लबको मूल कार्य समिति गठन गर्ने प्रक्रियामा रहेको पनि अध्यक्ष थापाले बताउनु भयो । आर्थिक पारदर्शितालाई प्रमुख मान्दै थापाले भन्नु भयो, कुनै पनि संस्थाको विश्वसनियता भनेको त्यसको आथिक पक्षसँग प्रत्यक्ष सरोकार राख्छ । मानौँ कसैले क्लबको सदस्यता लिन १ हजार रुपैयाँ मात्र पनि सहयोग गर्नुभयो भने हामी त्यो रकमलाई बैंक दाखिला गराए पश्चात मात्र प्रयोजनमा ल्याउँछौ । आर्थिक अनियमितताले संस्थाहरुलाई अगाडि बढ्न रोक्ने हुनाले हामी क्लबको हिसाव किताव चुस्त दुरुस्त राखिने र सबैको सल्लाह, सुझाव र सहकार्यबाटै सञ्चालन हुने भएकाले कुनै किसिमको अनियमितता हुने प्रश्नै आउँदैन । क्लबले गर्ने आगामी कार्य योजनाको विषयमा बताउँदै यो एउटा विशुद्ध गैर राजनैतिक संस्था हो । हामीले सञ्चालन गर्ने कार्यक्रमहरु पूर्णरुपमा पारदर्शी हुने छन ।

 

हालको यो समिति कानुनी प्रक्रिया पुरा गर्न र सदस्यता वितरण गर्नका लागि गठन गरिएकाले दर्ताका सम्पूर्ण कार्य पुरा भएका छन । सदस्यता वितरण र उपसमिति गठनको कार्य अगाडि बढिरहेको छ । यो पुरा हुनासाथ आम भेलाबाट यस क्लबको मूल कार्य समिति गठन गरिने छ र सोही समिति र भेलाले आगामी एक वर्षभरिमा के कस्ता कार्यक्रम गर्ने भन्ने तय गर्ने छ । कुनै पनि संस्थालाई बलियो बनाउन आर्थिक पक्ष पनि बलियो हुनु पर्ने भएकाले सोही बमोजिम यसको आर्थिक पाटो मजबुत बनाउनका लागि हाम्रो विधानमा उल्लेख भए बमोजिम सदस्यता सहयोग र विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्ने कार्य पनि सञ्चालन गरिएको छ । हाल साविकको दरवार देविस्थानको वडा नं. १ देखि वडा नं. ६ सम्म मात्र उपसमितिहरु गठन गरिए तापनि आवश्यकता र माग भएमा विधानमा नै साविकको दरवार देविस्थानलाई समेटन सकिने व्यवस्था मिलाईएको पनि क्लबले जनाएको छ । स्थानीय स्तरमा हुने गतिविधिहरुमा सहकार्य गर्दै यहाँ हुने सामाजिक, धार्मिक र सास्कृतिक कार्यक्रमहरु सञ्चालन गर्न सहयोग र सहकार्य गर्नुका साथै खेलकुदका गतिविधिहरु सञ्चालन गर्दै निश्वार्थरुपले सामाजिक सेवाका कार्य गर्दै साथमा साथ र काँधमा काँध मिलाइ अगाडि बढिने उल्लेख गरिएको छ ।

 

महान उद्देश्यका साथ खोलिएको उक्त संस्थाको हितमा जोँस जाँगर र उत्साहका साथ कार्य गरी संस्थालाई आफ्नो गन्तव्यमा पुग्न सहजीकरण गरी सहयोग गर्नुहुने प्रारम्भिक भेलामा उपस्थित सम्पुर्ण जन र समितिका पदाधिकारीहरुलाई अध्यक्ष थापाले धन्यवाद दिनुभयो । युनाइटेड हेल्थ एण्ड फिट्नेस क्लब (ग्ज्ँऋ० मा आवद्ध हुन चाहने साथीहरुले संस्थाको फेसबुक पेजमा लाइक गरी रचनात्मक सल्लाह, सुझाव र सहयोग गर्नु हुन पनि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?