बम्घा आधारभूत विद्यालयमा नतिजा प्रकाशन पुरस्कार बितरण तथा अभिभावक भेला सम्पन्न।

अनुप ज्ञवाली, गुल्मी  

गुल्मी जिल्ला रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर, बलेटक्सार चौतारामा अवस्थित बम्घा आधारभूत विद्यालयमा आज एक औपचारिक कार्यक्रमका बिचमा शैक्षिक सत्र २०७७ को अर्धबार्षिक परीक्षाको नतिजाफल प्रकाशन तथा पुरस्कर बितरण कार्यक्रम सम्पन्न भएको छ। साथै उक्त अवसरमा कोरोना महामारीको कारण गरिएको लकडाउन बाट प्रभावित भएको २०७६ सालको पुरस्कार बितरण कार्यलाई पनि आज पुर्णता दिइएको हो।

उक्त औपचारिक कार्यक्रमको अध्यक्षता  बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यम बहादुर खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य हरि प्रसाद ज्ञवाली रहनु भएको कार्यक्रमको संचालन शिक्षक पुजा पौड्याल ले गर्नुभएको थियो। उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षक शिखा ज्ञवालीले कबिता मार्फत राख्नु भएको थियो भने बिद्यालयको समग्र अवस्थाको साथै बार्षिक प्रतिबेदन प्रधानाध्यापक रुपा गौतमले प्रस्तुत गर्नु भएको थियो। उक्त कार्यक्रममा अध्यक्ष र प्रधानाध्यापकले पुरस्कार बितरण गर्नुभएको थियो ।

बिज्ञान बिषयमा  सर्बोत्कृट नतिजा प्राप्त गर्ने बिद्यार्थी भगवती ज्ञवालीलाई पुर्व शिक्षक सुमन क्षेत्रीले नगद ५०००/- प्रदान गर्नु भएको थियो। त्यस्तै गरि पुर्व शिक्षक माधब ज्ञवालीले उत्कृष्ट अंक प्राप्त गर्ने दलित तथा जनजाती विद्यार्थीलाई  ६०००/- प्रदान गर्नुभयो। पुर्व  शिक्षक ठाकुर भण्डारीले विद्यालय प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई ४०००/- प्रदान गर्नु भयो। उक्त अवसरमै सोम बहादुर चोपकलाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगद १०,०००/- प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?