गुल्मीमा कोरोना बिरूद्धको खोप लगाउन सुरु


मनोज कार्की
गुल्मी १५,माघ
लुम्विनी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गुल्मीमा ल्याईएको कोरोना भाइरस बिरुद्धको खोप गुल्मीमा पनि खोप लगाउन सुरु गरिएको छ ।

बिहिबार गुल्मी अस्पतालमा स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी प्रसाद शर्माले कारोना बिरुद्धको खोप लगाएर अभियान सुरु गरिएको हो । महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको खोप भारतबाट नेपाल ल्याएपछि देशका बिभिन्न जिल्लामा बुधबार देखी नेपालमा कोरोना भाइरस बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । ४ हजार ९५ जनाका लागि ८७ हजार ६ सय ७९ डोजको खोप गुल्मीमा ल्याईएको छ । स्वास्थ्यकर्मीहरूलाई प्राथामिकतामा राखेर कोरोना बिरूद्धको खोप अभियान सुरु गरिएको छ ।

 


गुल्मीमा आइपुगेको खोप बिहिबार देखी स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, कोरोनाका कारण मृत्यु भएकाहरुको शव ब्यवस्थापन गर्ने सुरक्षाकर्मीहरुमा लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.भवानी प्रसाद शर्माले जानाकारी दिए । खोप लगाईसकेपछि केहि समस्या आउन सक्ने भएकाले पहिलो डोजको खोप सबैले गुल्मी अस्पतालमा आएर लगाउनु पर्ने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. शर्माले बताए । त्यसपछि कोरोना बिरुद्धको खोप विस्तारै खोप सर्वसाधरणमा जाने छ । खोपले केहि असर नपार्ने भएकाले खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

कोरोना बिरूद्धको खोप लगाउन कसैले संका नगर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । यस खोपले कुनै अन्य प्रभाव नपार्ने भन्दै ढुक्क सँग कोरोना बिरूद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका हुन् । कोरोना बिरूद्धको खोप आएकाले सरकारले तोकेको लक्षित बर्गलाई लगाईने भएकाले नागरिकलाई नआत्तिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?