भरेक निमावि रुरुक्षेत्र-२ ग्वादी गुल्मीमा बृहत अन्तरक्रिया तथा विदाई कार्यक्रम सम्पन्न

माधव ज्ञवाली माघ १६ गुल्मी

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.२ ग्वादी स्थित भरेक निमाविमा आज एक कार्यक्रमको बिचमा शिक्षक ,अभिभावक र विद्यार्थी विच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् रुरुक्षेत्र गाउँपालिका वडा न.२ का वडा सदस्य भुवनेश्वर बरालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थी एवम् अभिभावक लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

सप्पन्न सो कार्यक्रममा विद्यार्थीहरुको पठनपाठन सम्बन्धमा बृहत् छलफल भएको थियो,कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुवनेश्वर बरालले शिक्षक ,विद्यार्थी एवम् अभिभावक भनेका एउटा ओदानको ३ वटा खुट्टा जस्तै भएकोले यी ३ मध्य एक पक्ष मात्र कमजोर भए विद्यार्थीको भविष्य बिग्रने निश्चित हुने भएकोले सबै पक्षले आफ्नोआफ्नो भुमिका महसुस गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम मा उपस्थित अभिभावकले पनि विद्यार्थीको पठनपाठनलाई कसरी थप सरल र सहज बनाउन सकिन्छ भन्ने विषयमा आफ्ना आफ्ना राय प्रस्तुत गरेका थिए। विद्यालयका प्र.अ लोक बहादुर मिदुन मगरले छोराछोरीको भविष्य नै अभिभावकको सम्पत्ति रहेको र यसका लागि शिक्षक ,विद्यार्थी र अभिभावक विचको सहकार्य हुनुपर्ने बताउनुभयो ।छोराछोरीको लागि लागि सम्पत्ति कमाइदिने भन्दा पनि उनिहरुलाई राम्रो शिक्षा प्रदान गर्दै अनुशासित बनाएर नैतिकताको विकास गर्दै कमाउन सक्ने बनाइदिने कुरा महत्वपूर्ण रहेको आजको कार्यक्रमको निष्कर्ष रहेको थियो।

आजैको कार्यक्रममा विद्यालयका शिक्षक सरिता ज्ञवालीलाई विदाई पनि गरिएको थियो। उहाँ त्यहाबाट विदाई भएर श्रीङ्गेश्वर तपोभुमी प्रा.वि मा सरुवा हुनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?