यु.एच.एफ.सि. चारपालालाई सहयोगको ओइरो


रामकृष्ण कंडेल,माघ १८, गुल्मी ।
“दिगो र स्वस्थ जीवनका लागि खेलकुद, समृद्ध समाज निर्माणमा युवाहरु एकजुट”भन्ने अभिप्रायका साथ स्थापना भएको युनाइटेड हेल्थ एण्ड फिट्नेस क्लब UHFC र दरवार देउराली दर्शन सेवा समाज चारपालाले सहकार्य गरी स्थापना गर्न लागेको “कलम र मलम” अक्षयकोषका लागि नेपाल जनसम्पर्क समिति दोहा कतारबाट नगद रु. सत्र हजार तीन सय पचिस सहयोग प्राप्त भएको छ । यस अघि “गुल्मी सेवा समाजको प्रतिबद्धता, निश्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ स्थापना भएको गुल्मी सेवा समाज कतारबाट पनि नगद रु. बाईस हजार एक सय पन्ध्र – संस्थागत सहयोग प्राप्त गरिसकेको यस क्लबलाई व्यक्तिगत रुपमा भने स्थानीय युवाहरु, विदेशमा कार्यरत नेपाली दाजुभाईहरु र अन्य भारत, बंगलादेश श्रीलङ्का लगायतका विभिन्न देशका समाजसेवी मनहरुको पनि सहयोग प्राप्त भईरहेको क्लब दर्ता समितिका अध्यक्ष इन्द्र बहादुर थापाले बताउनु भयो । यस क्लबले दरवारदेउराली दर्शन सेवा समाजसँग सहकार्य गरेको ३० दिन पुग्दा २ वटासंस्था र ७३ जना परोपकारी व्यक्तिहरुबाट झण्डै नगद रु. ३,५०,००० – “कलम र मलम” अक्षयकोष स्थापनकालागि जम्मा गरिसकेको क्लबले जनाएको छ ।

गुल्मीदरवार गाउँपालिका वडा नं. ७ स्थायी ठेगाना भई हाल लग्जम्बर्गमा आफ्नो व्यवसाय सञ्चालन गर्नुहुने समाजसेवी सोमान सिंह बस्नेतबाट रु. २१,१११– र गुल्मीदरवार गाउँपालिका वडा नं. ७ स्थायी ठेगाना भइ हाल कतारमा कार्यरत हुम बहादुर खत्रीबाट रु. १५,६५५ – हालसम्म व्यक्तिगत रुपमा गरिएका सबैभन्दा ठुला नगद सहयोगहरु रहेको जानकारी गराउदै अध्यक्ष थापाले सक्नेले आफुसक्दो १ हजारदेखि माथि १० हजार सम्मका थुप्रै सहयोगहरु प्राप्त भईरहेको र उहाँहरुको फोंटो सहित रकम उल्लेख गरेर संस्थाको फेसबुक वालमा पोष्टहरु गरेको पनि जानकारी गराउनु भयो ।

यस क्षेत्रमा क्लबको आवश्यकता महशुस गरी गठनका लागि भएको भेलाले दर्ता समितिमा चयन गरेका पदाधिकारीहरुलाई ६ महिना भित्र गर्न भनी दिएको जिम्मेवारीलाई तिब्ररुपमा अगाडि बढाएको र धेरैजसो काम पुरा भई साविक दरवार देविस्थान गा. वि. स. का वडाहरुमा उपसमिति गठन गर्ने कार्य चलिरहेको बताउदै अध्यक्ष थापाले दरवारदेउराली दर्शन सेवा समाज र यस क्लबबिचको सहकार्यका लागि पहल गर्ने सहजकर्ता गुल्मीदरवार ७ गलाम निवासी सुनिल बस्नेतको विशेष उपस्थितिमा र थापा अध्यक्षतामा शनिवार सम्म साविकको दरवार देविस्थान वडा नं. १ देउरालीमा कृष्ण प्रसाद अर्याल वडा नं. ३ डुंग्रीपोखरामा कृष्ण बहादुर खनाल वडा नं. ४ भलायचौरमा नारायण खड्का वडा नं. ५ बाँसपोखरामा राजु अर्याल वडा नं. ६ म्यालडाँडामा रमेस खडका अध्यक्षमा र ११ देखि १३ जनासम्मका अन्य पदाधिकारीहरु रहने गरी उपसमितिहरु गठन गर्ने कार्य समेत पुरा भएको बताउनु भयो । साविकको वडा नं. २ गलाममा विशेष परिस्थितिका कारण केही समय पछि समिति गठन र सदस्यता वितरणको कार्य गरिने समेत जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?