आमहड्तालको प्रभाव दाङ र आसपासका जिल्लाहरुमा बिहानैदेखि


शरद रेग्मी
दाग,माघ २२
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव दाङ र आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ ।
दाङमा अत्यावश्यक सवारी साधानबाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन्।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन्।
बस समितिका सबै काउन्टर बन्द छन्, कुनै सार्बजनिक सवारिका साधनहरु सञ्चालनमा आएको देखिएको छैन।
जिल्लाका प्रमुख बजार तुलसीपुर, घोराही पनि बन्द नै छन्। उद्योग करकारखाना सबै बन्द छन्। आमहड्तालको पूर्व सन्ध्यामा बुधबार बेलुका प्रचण्ड– नेपाल समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस पर्दशन गर्दै कडा खाले बन्दको चेतावनी दिएकाले सर्वसाधारण त्रास फैलिएको छ।
उक्त समूहका जिल्लास्थित नेताले विज्ञप्ति नै जारी गरेर बन्द सफल पार्न आह्वान गरेका थिए।
जिल्लामा क्रियाशिल नागरिक समाज र अधिकारकर्मीले भने बन्दको बिरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?