नेकपा गुल्मीको अध्यक्षमा सोमनाथ सापकोटा


गुल्मी । प्रतिनिधिसभा भंग भएसँगै विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश तथा जिल्ला तहमा पनि विभाजन शुरू भएको छ । गुल्मीमा जिल्लामा पनि नेकपा विभाजित भएको छ ।
हालसम्म अध्यक्षमा रहेका मधुकृष्ण पन्त ओली समूहमा गएपछि प्रचण्ड–नेपाल समूहले अध्यक्षमा सोमनाथ सापकोटालाई मनोनयन गरेको छ । लामो समयमा सचिबको रुपमा काम गरेका सापकोटा मुसिकोट नगरपालिकाका मेयर समेत हुनुहुन्छ ।
हाल गुल्मीमा नेकपाको १४५ सदस्यीय कार्यसमिति रहेको छ । उक्त कार्यसमितिमा ९१ सदस्यहरु आर्फूहरुसंग रहेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
कमिटिको बहुमत सदस्य यतै हुनुहुन्छ, रिक्त भएका पदहरु परिपूर्ति हुन्छ, कमिटि १४५ सदस्यीय नै बन्छ। उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?