रामेछापको ठाेसेमा आगाेलागीमा परि एक महिलाको मृत्यु ः लाखौंको क्षेति

माघ २७, मिलन बि क रामेछाप

रामेछापको गाेकुलगंगा गाउँपालिकामा आगाेलागीमा परि एक महिलाको जनाका ज्यान गएकाे छ । गएराति वडा नं २ ठाेसेको चाेरपातल निबासी किपा शेर्पाकाे घरमा आगोलाग्दा उनकी ९५ वर्षीय आमा पासाङलेकी शेर्पाको ज्यान गएकाेे गाउँँपालिका प्रमुुख खड्ग सुनुवारले जानकारी दिए ।आगोलागीबाट शेर्पाको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगोलागीबाट लाखौको क्षेति भएको जिल्ला प्रहरीले जनाएको छ । आगोलागीबाट भएको क्षेतिको पूर्ण जानकारी लिने काम भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुङ्गानाले बताए । आगलागी भएको थाहा पाउने वित्तिकै आज बिहानै मृतकको घरमा पुगेर घटनको बारेमा पालिका अध्यक्ष सुनुवारसहितको टोलीले अनुगमन गरेको छ । अध्यक्ष सुनुवारका अनुसार दुईवटा घरमा आगलागी हुँदा मानवीय क्षतिसँगै लाखौँको धनमाल जलेर नष्ट भएको छ । पालिका प्रमुख खड्काले मृतकका परिवारलाई गाउँपालिकाले ५० हजार नगदसहित खाद्यन्न र लत्ताकपडा सहयोग गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?