भट्कुवाको एक गोठमा आगलागी , गोठ पूर्ण रुपमा नष्ट

गुल्मीको रुरु क्षेत्र गाउपालिका १ भट्कुवामा एक गोठमा आगलागी हुँदा गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ। भट्कुवा सान्ने तिलाहारकि ५० बर्षकी पार्बती परियारको  गोठमा बिहान ३:३० बजे आगलागी हुदा गोठ पुर्ण रूपमा जेलेर नष्ट भएको छ ।

आफुहरु सुति रह्र्को अबस्थामा छिमेकि नेत्र बहादुर दर्लामीले आगो बलिरहेको देखे पछी आफुहरुलाइ खबर गरेको पार्बतिले बताउनु भयो । लामो समय पछी स्थानियको सहयोगमा आगो लाई नियन्त्रणमा लिइएको स्थानिय लक्षमण खनालले जान्कारी दिनु भयो। आगो लाग्दै गर्दा गोठमा रहेको बेउनी भैंसी लाई निकालिएको थियो । गोठ नया निर्माण गर्नको भन्दै राखियाका अग्राख दार पात , पराल खर सबै जल्दा रु १ लाख भन्दा माथी क्षतिभएको पार्बतीले जान्कारी दिनु भएको यता यो परिवार अयान्त दुखी परिवार भएकोले सबैलाई सक्दो सहयोग गर्न खनालले अनुरोध गर्नु भएको रुरु बाट सहकर्मी चुरामणि तिमिल्सिना ले खबर पठाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?