निर्माण व्यावसायी श्रेष्ठले लिए बिपन्न बालकको अभिभावकत्व

टोपलाल अर्याल गुल्मी, २८ माघ

निर्माण व्यावसायी हरि कुमार श्रेष्ठले बिपन्न बालकको अभिभावकत्व लिएका छन् । इस्मा गाउँपालिका गाउँपालिका ६ अम्मरपुरका १२ बर्षीय नुर बहादुर कुमालको पालन पोषण र शिक्षादिक्षाको सम्पूर्ण काम आफुले गर्ने श्रेष्ठले बताए । उनका बुबा काले कुमालको १० बर्ष अघि मृत्यु भयो । बुबाको मत्युपछि चार जना छोराछोरीसहितको परिवार हुर्काउँदै आएकी आमा पुण्टी कुमालको पनि गत मंसिरमा ज्यान गयो । बुबा आमा दुवैको मृत्यु भएपछि अभिभाव बिहिन भएका बालकको अभिभाकत्व लिन पाएकोमा निर्माण व्यावसायी श्रेष्ठले खुसी व्यक्त गरे । नुर कुमाल गाउँमा कक्षा ३ पढ्दै थिए । मुटु दुख्ने र पखला लाग्ने समस्याले आमाले उपचार गर्न समेत पाइनन् । आमाको मृत्युपछि पढाई समेत नियमित नहुने र घरमा बस्न समेत गाह्रो परेपछि सदरमुकाम ल्याएर आफ्ना छोरासंगै समता स्कुलको कक्षा ३ मा भर्ना गरेको श्रेष्ठले जानकारी दिए । उनले उच्च शिक्षा र जागिर खुवाउने उदेश्य आफ्नो रहेको बताए । बुबाको मृत्युपछि दाजुले काठमाण्डौ र दुई दिदिहरुले विभिन्न ठाउँमा काम गरेर ज्यान पालिरहेको माइजु कमला कुमालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?