तानसेन पाल्पामा सन्चालित शिक्षकहरुको १० दिने तालिम सम्पन्न

चुरामणि तिमिल्सिना,  पाल्पा

तानसेन पाल्पामा सन्चालित  शिक्षकहरुको १० दिने तालिम सम्पन्न भएको छ ।

पाल्पा गुल्मी र अर्घाखाँची जिल्लामा कार्यरत २५ जना नेपाली विषयका शिक्षक हरुको पेशागत बिकाश प्रमाणीकरण सम्बन्धि तालिम केन्द्रमा सम्पन्न भएको प्रशिक्षक हरि प्रसाद घिमिरे जान्कारी दिनु भयो।

माघ १८गते देखि सन्चालन भएको तालिममा विषयगत सीप बिकास , बर्तमन समयमा शिक्षण गराउदा प्रयोग हुने प्रबिधिको प्रयोग जान्कारी सीप सहजीकरण गराइयको तालिमका प्रमुख प्रशिक्षक गोपाल प्रसाद बस्यालले जान्कारी दिनु भयो ।तालिम समापन सत्रमा बोल्दै प्रमुख अतिथि शिक्षा समन्वय पाल्पाका रमेश राज पौडेलले तालिममा सिकेका कुरा हरुलाइ कक्षा कोठामा प्रवेश गरे पछी क्रमैसङ विधि अपनाउन आग्रह गर्नु भयो ।

 

कार्यक्रममा पाल्पा बाट केश बहादुर सुनारी , गुल्मी बाट खुम प्रसाद मरासिनि र अर्घाखाँची बाट सीता बन्जाडेले यस तालिमले सबै शिक्षक हरुलाइ प्रत्यक्ष रुपमा फाइदा पुगेको र अद्यापन गराउदा पनि विधि अपनाउने प्रतिबद्धता जायर गर्नु भयो । कार्यक्रम लुम्बिनी प्रदेश बुटवलका तालिम प्रमुख यम बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?