गुल्मीदरबारमा कर्मचारी संगठन गठन

रामकृष्ण कंडेल, फागुन ८ ,गुल्मी ।

गुल्मीदरबार गाउँपालिकामा राष्ट्रिय स्तरको आधिकारिक ट्रेड युनियन निजामति कर्मचारी संगठन गठन गरिएको छ ।

गाउँपालिकाको सभाहलमा शनिबार सम्पन्न पालिका स्तरिय प्रारम्भिक भेलाले दिल बहादुर थापाको अध्यक्षतामा २५ सदस्यिय कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा घनश्याम चुदालि, सचिवमा रोशन घर्ती, सहसचिवमा लिल बहादुर घर्ती मगर ,कोषाध्यक्ष सुमन पन्थी रहनु भएको छ । त्यस्तै नारायण प्रसाद अर्यालको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरिएको छ । जसको सह-संयोजकमा सुन्दर चालिसे रहनुभएको छ ।

निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष राम प्रसाद पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष दधिराम मरासिनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मरासीनिले निजामति कर्मचारि संगठनको स्थापना स्थापनाको उदेश्य हाल सम्म गरेका निवनतम कार्यहरुको बारेमा बताउँदै संगठन जति बलियो भयो त्यति नै सुशासन सेवा प्रभावकारीता सहित कर्मचारीका हकहित र अधिकारको सुनिश्चिता हुने बताउदै कर्मचारी आफ्नो सेवामा तल्लिन हुदै निर्भिक्ताका साथ संगठन निर्माणमा लाग्न सुझाउनु भयो ।

शिक्षा अधिकृत सुन्दर चालिसेको स्वागत मन्तव्य रहेको कार्यक्रममा निजामती कर्मचारी संगठन गुल्मीका उपाध्यक्ष बोम अर्याल, ने.क.पा. जिल्ला सचिवालय सदस्य एवम् ने.क.पा. गुल्मीदरबार गाउँपालिका अध्यक्ष विष्णु गौतम, जिल्ला कमिटी सदस्य कृष्ण खनाल, सुशीला पुन, वडा अध्यक्ष खुम बहादुर पल्ली, नवनिर्वाचित उपाध्यक्ष घनश्याम चुदाली, कोषाध्यक्ष सुमन पन्थी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

नवनिर्मत सचिवालय संयोजक नारायण प्रसाद अर्यालले प्रतिवद्धता मन्तव्य राख्दै निजामती सेवालाई गुणस्तरीय प्रभावकारी जनउत्तरदायि सर्वशुलभ बनाउदै गाउँपालिकालाई समृद्ध गराउदै कर्मचारीहरुका हकहित र अधिकारको लागि अनवरत रुपमा लाग्ने बताउदै नवनिर्वाचित विभिन्न समितिहरुलाई सक्रियताका साथ अगाडी बढाउने र कर्मचारीहरुलाई विचारका आधारमा विभेद गर्न नदिने औलाउनु भयो । कार्यक्रममा गाउँपालिका भित्रका बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु र ने.क.पा का बिभन्न भातृ संगठनका पदाधिकारिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?