गुल्मीदरबार गाउँपालिका गुल्मीको सातौं गाउँ सभा सुरु

गुल्मीको गुल्मीदरबार गाउँपालिकाको सातौं गाउँ सभा सुरु भएको छ । गाउँपालिकाको सभाहल गौडाकोटमा गाउँ सभा आजदेखी सुरु भएको हो ।

सभा सुरु भएको दिन आज गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले गाउपालिकाको चालू आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम संसोधनका लागि सभामा प्रस्तुत गर्नुभएको छ । सभामा अध्यक्ष थापाले गाउँ पालिकाले चालू आर्थिक बर्षमा गरेका मुख्य मुख्य कामहरुको बारेमा जानकारी समेत गराउनुभएको थियो । अध्यक्ष थापाले पालिकामा सहायता कक्ष निर्माण , गाउँपालिकाको पहिचान सहितको लोगो निर्माण , मासिक ई- बुलेटिन प्रकाशन , मासिक प्रगती विवरण पालिकाको वेबसाइटमा प्रकाशन, खरको छाना मुक्त गाउँपालिका घोषणा गर्ने काम अन्तिम चरणमा पुगेको , चालू आर्थिक बर्षमा थप १९ किलोमिटर सडक बिस्तार , गाउपालिकाका सबै सडक १२ महिना संचालनमा आएका लगायत ८३ वटा कामहरुलाइ प्रगतिको रुपमा प्रस्तुत गर्नुभएको छ ।

सभामा वातावरण बिभाग संयोजक राम बहादुर पल्लिले स्थानिय तहमा वातावरण तथा प्राकृतिक श्रोत संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधयक २०७७ प्रस्तुत गर्नुभयो । त्यस्तै सामाजिक बिकास संयोजक हिरा बहादुर खत्रीले शिक्षा एन २०७५ संसोधनका लागि टेबल गर्नुभयो ।
गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पाण्डेले चालू आर्थिक बर्षमा भएका कामहरुको संक्षिप्त्त बिवरणका साथै गाउपालिकामा चालू आर्थिक बर्षमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुको नामावली घोषणा गर्नुभयो ।

उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने गाउपालिकाको नीति अनुरुप यो पटक गाउँपालिकाले ५ जना कर्मचारीलाई नगद सहित सम्मान समेत गरेको छ । गाउपालिका भरमा उत्कृष्ट कर्मचारीमा स्वास्थ शाखा प्रमुख नारायण अर्याल , योजना शाखा प्रमुख टंक पन्थी ,  वडाहरुमा वार्ड न ३ कि वडा सचिब पुर्णिमा घिमिरे ,  स्वास्थ तर्फ वार्ड न ४ बिरबासमा कार्यरत अनमी इन्दु घर्ती , सुचना अधिकारी सुरेश खनाल , कम्युटर अपरेटर टुक बहादुर राना , प्रसम्सा पत्र दोसल्ला र नगद सहित सम्मानित हुनुभएको छ ।

आगामी सभा १६ गते बिहान १० बजे बस्नेगरि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?