बुहारी हत्या गरेर न्याय र आन्दोलनको नौटन्की , लालबहादुरनै परे प्रहरीको फन्दामा

तम्घास संवाददाता गुल्मी, २० फागुन

रेसुंगा नगरपालिका ३ की २१ बर्षीया सम्झना बोहराको हत्यामा संलग्न स्थानीय ४७ बर्षीय लाल बहादुर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

खत्री फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा बेपत्ता भएकी सम्झना पत्ता लगाउनु पर्ने र सासुलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै आन्दोलनको नेतृत्वमा थिए । औला ठड्याएर सम्झना पत्ता लगाउन प्रमुख जिल्ला अधिकारीलाई चेतावनी दिन्थे । त्यो उनको नौटंकीलाई प्रहरीले तोडेको छ । सम्झना बेपत्ता भएदेखिबाटै प्रहरीको निगरानी परेका खत्रीले अन्तत ः हत्या स्वीकार गरे । फागुन २ गते झुण्डिएर आत्महत्या गरेकी मृतक सम्झनाकी सासु ६५ बर्षीया टोपकला खत्रीलाई समेत प्रहरीमा नक्कली बयान दिन लगाए ।

गत माघ २९ गतेबाट सम्झना बोहरा बेपत्ता थिइन् । माघ ३० गते सासुले घरमा तीन जना आएर बुहारी लगेको, आफु र नातीलाई छुट्टै कोठामा थुनेको, ती व्यक्ति र बुहारीले मादक पदार्थ सेवन गरेको र कसैलाई भने ज्यान मार्ने धम्की दिएको भनेर प्रहरीमा बयान दिएकी छन् । उनी फागुन २ गते घर नजिक झुण्डिएको अवस्थामा फेला परिन् । जसका कारण घटना सम्झना अपहरण र चरित्रतिर मोडियो । घरपक्षले उल्टै टोमकलालाई आत्महत्या गर्न बाध्य पारेको भन्दै दुरुत्साहन मुद्धा दिए । सम्झानाकी पायल्सको क्यान्सर पीडित आमा दुर्गा, बुबा र जेठी आमाले एक साता हिरासतको कष्ट भोगे । त्यो मात्रै होइन, प्रहरी र प्रशासन कार्यालय घेरेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा माथि दुव्र्यबहार गरे ।

तर, बिडम्बना फागुन १७ गते घर नजिकै विभत्स हत्या गरेर फालिएको अवस्थामा सम्झनाको शव फेला प¥यो । सम्झनाको शबको फेला परेको खबर गर्ने व्यक्ति पनि लाल बहादुर खत्री हुन । सोहि दिन प्रहरीले खत्रीलाई नियन्त्रणमा लिएको थियो । उनी सम्झनाको छिमेकी ससुरा समेत हुन । खत्रीले प्रहरी समक्ष हत्या स्वीकार गरेपछि सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए । अहिले हत्या मात्रै स्वीकार गरेकोले थप अनुसन्धान भइरहेको पाण्डेयले बताए । उनको नौटकीसंग गाउँलेहरु पनि सुरुमा गुम्राहमा परे । प्रहरी प्रशासनदेखि आफन्तहरुलाई दुख दिए ।

 

अन्तत ः प्रहरी प्रशासनको अनुसन्धानका अगाडी खत्री फेल भए । जिल्लामा चर्चा पाएको भाडगाउँ घटनामा संलग्न व्यक्ति सार्वजनिक भएपछि पछिल्ला अपराधका घटनाबाट बिचलित हुँदै गएका नागरिकमा नयाँ आशा पलाएको नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले बताए । पीडित पक्षको नेतृत्व गरिरहेका नेता गणेश श्रीपालीले अपमान र दुव्र्यबहार सहेर पनि संम्यमता अपनाएर हत्यारा सार्वजनिक गर्न प्रमुख जिल्ला अधिकारीसहित प्रहरीले खेलेको भुुमिकाको प्रसंसा गरे । उनले अझै पनि पीडितलाई न्यायको अनुभुत गराउन र घरपक्षले अनेक प्रपोकाण्ड मच्चाएर इज्जत र ज्यान समेत लगेकी मृत चेलीको आत्माको शान्ति निम्ती काम गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले घटना तोडमोड गर्न अपराधी बोकेर आफु बिरुद्ध गरिएको दुव्र्यबहार अत्यन्तै निन्दनीय भएको प्रतिक्रिया दिइन् । ‘सहयोगको सट्टा सुरक्षा घेरा तोडेर प्रहरी प्रशासन बिरुद्ध रचिएको षडयन्त्र समाप्त भएको छ,’उनले भनिन,‘कुनै दवाब र प्रभावमा अभियुक्त उम्कन पाउने छैन ।’ उनले भाडगाउँ घटनापछि गाउँलेहरुकै सहयोगका कारण दोषि पत्ता लगाउन प्रहरी सफल भएको बताउँदै जिल्लाका अरु घटनामा पनि नागरिकको साथ अत्यन्तै प्रभावकारी हुने बताइन् । तीन दिनदेखि मृतक सम्झना बोहारोको शव गुल्मी अस्पतामै थियो ।

हत्यामा संलग्नलाई सार्वजनिक नगरेसम्म परिवारले शव नउठाउने अडान राखेका थिए । हत्यामा संलग्न सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीसंग पीडित पक्षले छलफल गरेर शव बुझने सहमति भएको छ । पीडित पक्षले आफुहरु बिरुद्ध लगाएको दुरुत्साहनको झुटो मुद्धाबाट फस्न नहुने, बच्चाको पालन पोषणको उचित व्यावस्थापनको बारेमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?