प्राइम लाइफद्वारा मृत्युदाबी भुक्तानी

टोपलाल अर्याल

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले २ जनाको मृत्यु दाबी भुक्तानी गरेको छ । गुल्मीदरवार गाउँपालिका १ बलिथुममा २ जनालाई मृत्यु दाबी गरेको हो। कम्पनीको शाखा कार्यालयको टोलिले देविराम मगर र मिना मगरको परिवारलाई रकम प्रदान गरेको हो। देबिरामले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर लेखेन्द्र पुन मार्फत दुई वर्ष पहिले २ लाख ७ हजार बिमाङ्क बराबरको प्राइम जीवन सरल बिमा योजना खरिद गरेका थिए । उनको गत जेष्ठ महिनामा एक्कासि मुटुमा समस्या आएपछि उपचारको क्रममा मृत्यु भएको थियो । भने मिनाले ५ वर्ष पहिले १ लाख ४२ हजारको प्राइम जीवन सरल बिमा योजना खरिद गरेकी थिइन । उनको गत कार्तिक महिनामा क्यान्सर रोगको कारण मृत्यु भयो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखाका प्रमुख खिमलाल घिमिरेले मृतक देविराम मगरको हकवाला श्रीमती चित्रादेवी मगरलाई २ लाख २३ हजार र मृतक मिना मगरको हकवाला श्रीमान जयस राम मगरलाई एक लाख ६९ हजार ८ सय ३२ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै प्राइम लाइफ इन्स्योरेन्स पाल्पा शाखाका प्रमुख खिमलाल घिमिरेले जीवन बिमा भनेको आर्थिक क्षती विरुद्धको बलियो आधार भएकोले भविष्यमा आइ पर्ने जोखिमलाई आर्थिक रुपमा समाधान गर्नको लागि सबैले आफ्नो कमाईको केही हिस्सा जीवन बिमामा लगानी गरि ढुक्कले जीवन जिउन सबैलाई सुसूचित गराएका थिए। रकम हस्तान्तरण कार्यक्रम शाखा प्रमुख घिमिरेको अध्यक्षता तथा गुल्मी दरबार गाउँपालिका वडा न १ का वडा अध्यक्ष राम बहादुर पल्लीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा बलिथुम स्वास्थ्यचौकी प्रमुख एवं प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर दिल बहादुर रजाली, स्थानीय समाजसेवी युवा प्रेम पुनको विशेष आतिथ्यता तथा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर लेखेन्द्र पुनको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?