लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मीले बौद्धिक अपाङ्ग बालबालिका सङ्ग संगीत दिवस मनाउने 

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मीले संगीत दिवस रचनात्मक काम गरेर मनाउने भएको छ । फाल्गुन २९ गते पर्ने संगीत दिवसको अवसर पारेर प्रतिष्ठान गुल्मीले उपल्लो तम्घास माध्यमिक बिधालयमा अध्ययनरत ३२ जना बौद्धिक अपाङ्ग बालबालिका सङ्ग दिवस मनाउने भएको छ ।
“सधै अन्य दर्शकका अगाडि विभिन्न कार्यक्रम गरेका छौ तर बौद्धिक अपाङ्ग बालबालिका कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले उनिहरुकै बिधालयमा गएर कार्यक्रम गर्ने सोच बनाएका छौ” उपाध्यक्ष प्रकाश बस्नेतले भन्नुभयो ।
हामी त्यहा पुगेर एक्कैछी हाम्रा कलाकार साथीहरु बाट प्रस्तुती राख्छौ र बालबालिकालाई उपहार प्रदान गरेर दिवस मनाउछौ , यस्ले उनिहरुलाई मनोरन्जन पनि हुने र हामी पनि समाजको बिशेष महत्व राख्ने समुह हौ भन्ने लाग्नेछ भन्ने सोचेर यो कार्यक्रमको आयोजना गरेका छौ पुर्व अध्यक्ष खुम खत्रीले भन्नुभयो
आज प्रतिष्ठानको सचिवालय बैठकले संगीत दिवसको दिन  २९ गते बौद्धिक अपाङ्ग बालबालिकालाइ मनोरञ्जन दिने र उपहार समेत प्रदान निर्णय गरेका छौ निवर्तमान अध्यक्ष जनक पन्थले भन्नुभयो ।
गएको बर्षदेखी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको स्थापना दिवसको दिनलाई संगीत दिवसको रुपमा मनाउने गरेको छ । लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मीले प्रत्यक बर्ष विभिन्न अवसरमा थुप्रै सामाजिक काम गरिरहेको छ त्यसैले यो संगीत दिवस पनि रचनात्मक काम गरेर मनाउने निधो गरिएको हो कोषाध्यक्ष इश्वरी कंडेलले भन्नुभयो ।
आफ्नो ब्यक्तिगत होस वा सस्थागत यस्ता कामहरुमा सबैले यस्तै केही न केही सामाजिक काम गर्ने हो भने अशक्त , असहायहरुलाइ ठूलो टेवा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?