इस्मामा अन्तर्राष्ट्रिय नारी दिवस ( फोटो फिचर )

टोपलाल अर्याल, २४ फागुन

मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस इस्मा गाउँपालिका ६ अमरपुरमा मनाइएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने यो दिवसको मुल नारा र मर्म रहेको थियो । विभिन्न सन्देश मुलुक प्ले कार्डसहित अमरपुर ओम प्रसाद गौतम माबि परिसरमा प्रभातफेरी गरिएको थियो ।

 

यो कार्यक्रममा बोल्ने वक्ताहरुले लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएका थिए । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।

 

राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ । तर, संविधान प्रद्वत अधिकारी स्थापित हुन नसकेको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले गुनासो गरिन । उनले समाजमा महिला माथी हेर्ने दृष्टिकोण बुद्धिजीवी बर्गमै सकुचित भएकाले अधिकार कार्यान्वयनमा समस्या भएको प्रतिक्रिया दिइन । त्यसका लागि महिलाहरुले पनि पुरातन मानसिकता त्यागेर फिल्डमा आउनुपर्नेमा खत्रीले जोड दिइन ।

 

गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न तर्फ लाग्न महिला दिदिबहिनीलाई आग्रह गरे । उनले संविधानको धारा र उपधारा सुनेर र हेरेर मात्र अधिकार स्थापित नहुने भएकाले आर्थिक रुपान्तरणसहितको शसक्क्तिकरणमा लाग्न आग्रह गरे ।

 

 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै जानु आजको दिनको उपलब्धि भएको बताए । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बने पनि महिला हिंसाका घटनामा कमी आउन नसकेको बताउँदै घर्तिले सबै मिलेर स्वच्छ र शान्ति समाज निर्माणमा भुमिका खेल्नु पर्नेमा जोड दिए ।

 

 

राजनैतिक दलको तर्फबाट नेकपा इस्मा गाउँपालिका अध्यक्ष नारायण पैयानी र नेपाली काङ्ग्रेस जिल्ला सदस्य चन्द्र बहादुर महतले महिलामाथि हत्या, हिंसा, बलात्कार र ज्यादतीका घटना कम गर्नुनै अहिलेको आवश्यकता भएको बताए । ऊनीहरुले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार र विभिन्न संघ सस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा इस्मा गाउँपालिका २ को होमस्टे समूह र लोक दोहोरी गायक हरि खत्रीले विभिन्न सास्कृतिक खुराक प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?