गुल्मी : नयाँ प्रहरी प्रमुखलाई चुनौति र अवसर दुवै

बिशेष परिस्थतीमा जिल्लामा भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले पत्रकार भेटघाट गरेका छन् । उनले जिल्लाको वस्तुस्थितीको बारेमा पत्रकारसंग छलफल गर्न पत्रकार भेटघाट तथा अन्तरक्रिया राखेका थिए ।
पछिल्ला अपराधको घटनामा अपराध अनुसन्धानमा फितलो गरेको आरोपमा पुर्व प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रबिणलाल श्रेष्ठ केन्द्र सरुवा भएका थिए । त्यसैले पनि नयाँ प्रहरी प्रमुख भट्टराईलाई गुल्मी चुनौति र अवसर दुवै हो । उनले रेसुंगा नगरपालिका १४ पराल्मी र इस्मा गाउँपालिका १ हस्तिचौरको हत्याका बिषयमा बिशेष काम गर्नुपर्ने चुनौति छ । प्रहरी प्रति नागरिकमा छाएको निराशा दुर गर्न यी घटनामा प्रहरी संगठन जोडतोडका साथ लाग्नुको बिकल्प छैन् ।
त्यसैले प्रहरी र समुदायबिच समन्वय तथा सम्बन्ध सुधारनै आफ्नो पहिलो प्राथकितामा हुने भट्टराईले बताए । त्यसपछि जिल्लामा बाँकी रहेका अपराधको सहि अनुसन्धान मार्फत संलग्नहरुलाई कानुनको दायरामा ल्याउने, इलाका प्रहरी कार्यालयमा दरबन्दी अनुसारका प्रहरी निरिक्षक ल्याउने, अपराधको न्यूनिकरणसंगै अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याउन आन्दोलन र भिडभन्दा समुदायलाईनै उत्तरदायी बनाउने भट्टराईले प्रतिद्धता व्यक्त गरे । उनले पत्रकार र समुदायबाट आवश्यक सूचना र समन्वयको अपेक्षा व्यक्त गरे ।
उनले भाडगाउँको उदाहरण प्रस्तुत गर्दै स्थानीयको सहयोग भए पराल्मी र छिनुवा घटनामा संलग्न अभियुक्त कुनै अवस्थामा उम्कन नसक्ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?