रामराज्य माविमा बेहोस हुने गरेर विद्यार्थी कुटिए, नियामक निकाय उजुरिको प्रतीक्षामा

तम्घास सम्वाददाता , फागुन २६ गुल्मी

फागुन २६ गते इस्मा गाउँपालिका ४ दोहलीको रामराज्य माविका बिद्यार्थी कुटिएका छन् ।

रामराज्य माविको कक्षा चारमा अध्ययन गर्ने ११ बर्षीय किस्मत तिमिल्सेनालाई शिक्षक बलराम अर्यालले कुटपीट गरेका हुन् । अर्यालले फागुन २३ गते कक्षा कोठामै सवै बिद्यार्थीलाई कुटेका थिए । सोहि क्रममा किस्मत शिक्षकको कुटाइबाट बेहोस भए । उनलाई दोहली स्वास्थ्यचौकीमा सामान्य उपचार गरियो । मुटु दुख्ने र सास फेर्न गाह्रो हुने भएपछि गुल्मी अस्पताल तम्घासमा समेत उपचार गरिएको आमा कल्पना तिमल्सेनाले बताइन् । उनले समस्या झन बल्झेपछि बुधबार गौतमबुद्ध मुट अस्पताल बुटवल जाँदै गरेको जानकारी दिइन् । आफुले इस्मा प्रहरी, वडाअध्यक्ष र गाउँपालिकामा समेत बच्चाको अवस्थाको बारेमा जानकारी गराएकाले बच्चाको उपचार र कुटपीट गर्ने शिक्षकलाई तुरुन्तै कानुन अनुसार कारबाहीको माग तिमल्सेनाले गरिन् । उनले बिद्यार्थी कुटपीट गरेको अहिले पहिलो घटना होइन् । उनले केहि बर्ष पहिले पनि बिद्यालय नजिकैका एक बिद्यार्थीलाई कुटपीट गरेर गम्भिर घाइते बनाएका थिए ।

 

केहि महिना पहिले उनकै छोरा बालकुष्ण अर्यालले पनि स्थानीय राम बहादुर विष्टकी छोरीलाई कुटपीट गरेका थिए । कोभिडका कारण बिद्यालय बन्द थिए । गाउँपालिकाले टोल–टोलमा बिद्यार्थी भेला पारेर पढाउँथ्यो । बलराम आफु पढाउन नगएर छोरालाई पठाए । सोहि क्रममा छोराले बिद्यार्थी कुटेर हातमा चोट लाग्यो । तर, यो बिषयमा पनि बाहिर आएन् । बलरामको ज्यादती पटकपटक हुँदा बिद्यालय प्रशासन मौन रहेको किस्मतका हजुर बुबा मान प्रसाद तिमल्सेनाले गुनासो गरे । ‘स्कुलमै धन्न नातीको ज्यान गएन । अहिले पनि उपचार भइरहेकाले केहि भन्ने अवस्था छैन,’तिमल्सेनाले भने,‘अब कसरी ढुक्क भएर छोराछोरी बिद्यालय पठाउने ।’ बिद्यार्थी कुटपीटका आरोपित अर्यालले बिद्यालय बाहेक समुदाय स्तरमा थुप्रैलाई दुव्र्यबहार गर्ने गरेका छन् ।

पुर्व बिद्यालय व्यावस्थापन समिति अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका नेता चन्द्र बहादुर महतले अभिभावकले बिद्यालयमा शिक्षकले दोहो¥याएको ज्यादती सहन नहुने बताए । उनले आफ्नो नाति र किस्मतसहितका बालबालिकालाई कुटपीट गर्ने शिक्षकलाई तत्काल कारबाही नभएर अभिभावले आन्दोलन गर्ने चेतावनी दिए । उनले किस्मतलाई मात्र नभएर बिद्यालयकै बालबालिकाको बाल मनोबिज्ञानमा असर पुराउने काम गरेको बताए । कुटपिट गर्ने शिक्षक बलराम अर्यालले आबेकमा गल्ति भएको स्वीकार गरे । उनले विद्यार्थी सम्झाउने क्रममा आफुले कुटपिट गरेकोले उपचारमा सहयोग र परिवारलाई सहानुभूति दिएको बताए ।

इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले आफुहरुलाई कुटपिटको बिषयमा औपचारिक उजुरी नआएको बताए । अधिकारीले बच्चालाई उपचार र शिक्षकलाइ निगरानीमा राखेको बताए । इस्मा गाउँपालिकाको शिक्षा शाखा प्रमुख लालबहादुर कुवरले पनि उजुरीकै प्रतीक्षामा आफुहरु रहेको आशय व्यत्त गरे । उनले घटना निन्दनीय भएकाले बालकको उपचार सङै आरोपितलाई कारबाही गर्न विद्यालयसङ समन्वय गर्ने बताए ।

इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले दन्डरहित शिक्षा भुलेर विद्यालयमा विद्यार्थी कुट्न कसैले नपाउने भएकाले आरोपितलाई कानुन अनुसार कारबाही हुने बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?