रेडियो श्रृङ्गेश्वर ५ औं बर्षमा , सवाददाता सङ्ग अन्तर्कृया गरेर मनाउदै

गुल्मी जिल्लाबाट प्रशारणमा रहेको रेडियो श्रृङ्गेश्वर ५ औं बर्षमा प्रबेश गरेको छ ।
२०७३ सालको महाशिवरात्रीमा प्रशारण सुरु गरेको रेडियोले सफलताका ४ बर्षमा अपेक्षित सफलता हासिल गरेको छ । गुल्मीको छत्रकोट ३ हर्दिनेटा भालुपानीमा प्रशारण केन्द्र रहेको रेडियो श्रृङ्गेश्वर गुल्मी , अर्घाखाँची , पाल्पा, प्युठान ,बाग्लुङ, दाङ, स्याङ्जा, पर्वत लगायत लुम्बिनी प्रदेशका प्राय सबै जिल्लाका साथै गण्डकी र छिमेकी प्रदेशका केही भागमा सहजै सुन्न सकिन्छ ।

प्रशारणमा समेटिएको विविधता र समाचारको तटस्थताका स्थापनाको कारण छोटो समयमै रेडियो श्रोतामाझ लोकप्रिय बनेको स्टेसन म्यानेजर इश्वरी बश्यालले बताउनुभयो । वहाँका अनुसार ग्रामीण क्षेत्रमा सुचनाको पहुँच बिस्तार गर्ने राष्ट्रिय नितिमा रेडियोको उल्लेख्य भुमिका रहेको छ ।

यस रेडियोबाट प्रशारण हुने सबै कार्यक्रम यो क्षेत्रकै अत्याधिक श्रोताको रोजाइ बनेका छन । त्यस्तै शिक्षा, बिज्ञान, संगीत साहित्य, अर्थ, खेलकुद, लगायत राष्ट्रिय एवम अन्तर्राष्ट्रिय क्षेत्रका गतिविधि श्रोतामाझ बोल्नु रेडियोको दैनिकी बनेको छ ।

“बोल्दै बोलाउदै, सुन्दै सुनाउदै” भन्ने नाराका साथ गुन्जिरहेको रेडियो श्रृङ्गेश्वरले खासगरी स्थानिय स्तरका बिषयवस्तुको प्रशारणलाइ प्राथामिकतामा राख्ने गरेको छ ।
लोक रेडियो प्रालि द्वारा संचालित रेडियो श्रृङ्गेश्वरले हाल आफ्नो प्रशारणलाइ प्रबिधीमैत्री बनाउदै रेडियो बाट प्रशारण हुने सामाग्री युट्युब , वेबसाइट , र हाम्रो पात्रोमा समेत सुन्न र हेर्न मिल्ने बनाएको छ ।

लामो समय रेडियो कर्ममा लाग्नुभएका मेधाबी सहकर्मीहरुको संयोजन र निरन्तरताका कारण नै आज हामिले सफलताका ४ बर्ष पूरा गरेका छौं स्टेसन म्यानेजर बश्यालले भन्नुभयो ।
” लामो समय रहेको कोरोना महामारिमा पनि अनवरत प्रशारण हुनु र एक जना पनि कर्मचारी कटौती गर्न नपर्नु नै यो बर्षको मुख्य सफलता मानेका छौ ” अध्यक्ष धातानन्द भुसालले भन्नुभयो ।

रेडियोले बार्षिकउत्सबका अवसरमा सदाका बर्षमा जस्तै यो बर्ष पनि श्रोता र प्रतिनिधि बिच अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?