लोक दोहोरी दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीलाई सहयोग

टोपलाल अर्याल गुल्मी १ फागुन ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालले फरक क्षमता भएका विद्यार्थीलाई सहयोग गरेको छ ।

लोक दोहोरी दिवसको अवसरमा जिल्ला शाखा गुल्मीले उपल्लो तम्घास माबिमा अध्ययन गर्ने विद्यार्थीलाई सहयोग गरेको हो । उनीहरुलाई तातो- चिसो पानी फिल्टर गर्ने मेसिन र खाजा सहयोग गरेको प्रतिष्ठानका पुर्व अध्यक्ष जनक पन्थले जानकारी दिए ।

शनिवार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठान गुल्मीका उपाध्यक्ष प्रकाश बस्नेत,पूर्व अध्यक्ष खुम खत्री, जनक पन्थ लगायतले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण बराल, प्रधानाध्यापक पिंकी भुसाललाई हस्तातरण गरेका हुन् । रेसुङ्गा नगरपालिका वडानम्बर–९ उपल्लो तम्घास माध्यामिक विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरुले पढने बिद्यालयमा सफा पानी खुवाउने उदेश्यले फिल्टर प्रदान गरिएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । जिल्लाको विभिन्न सामाजिक कार्यमा रचनात्मक काम गर्दै आएको प्रतिष्ठानले फरक क्षमता भएका विद्यार्थीहरुलाई सानो सहयोग गर्न पाउँदा पनि ठूलो खुसी मिलेको पन्थले बताए ।

विद्यालयलाई सहयोग गरेको प्रति रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नारायण बरालले धन्यवाद दिए । उनले प्रतिष्ठान जस्तै थुप्रै मनकारीहरुको सहयोगमा फरक क्षमताका बिद्यार्थीहरुको व्यवस्थापन र अध्यापनको काम गर्न सकिएको बताए । उपल्लो तम्घास माबिकी प्रधानध्यापक पिंकि भुसालले आगमी दिनमा पनि सहयोगको अपेक्षा गरिन । उनले प्रतिष्ठानलाई धन्यवाद दिदै फरक क्षमताका बिद्यार्थीहरुले बस्ने आवासको समस्या भएकाले त्यस तर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिइन् ।

लोक दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीका पूर्व अध्यक्ष खुम खत्रीले सामाजिक कार्यले कलाकार पैसा र रसरङका मात्रै हुन भन्ने सामाजिक मान्यता बदल्न सहयोग पुग्ने बिश्वास व्यत्त गरे । उनले बिगतमा नाचगान गरेर पनि दिवस मनाउने गरिकोमा अहिले नयाँ सामाजिक कार्य र सन्देश प्रबाह गरिएको खत्रीले बताए । फरक क्षमता भएका बालबालिकाहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गायक हरि खत्रीले गित मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

उपल्लो तम्घास माध्यमिक बिद्यालयमा ३० जना फरक क्षमता भएका बिद्यार्थीले पढर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?