फोर्टिन स्टार फुटवल कप चिदिचौरमा ११ बिद्यालय भिड्ने

टोपलाल अर्याल गुल्मी, २ चैत

गुल्मीको तम्घास स्थित चिदिचौर खेल मैदानमा मंगलबारबाट संचालन हुने ‘फोर्टिन स्टार फुटवल कप’मा जिल्लाका ११ बिद्यालयले प्रतिस्प्रर्धा गर्ने भएका छन् । प्रतियोगीतामा सदरमुकामका ७ र बाहिरका ४ बिद्यालय सहभागीता हुने क्लवमा महासचिव नारायण आचार्यले जानकारी दिए ।

फुटवल खेल सदरमुकाम केन्द्रित भइरहेका बेला बाहिरका ४ बिद्यालयको सहभागीतालाई क्लवले ठुलो उपलब्धिका रुपमा लिएको छ । सदरमुकामका रिड्र्स पब्लिक हाइ स्कुल, सिद्धबाबा माबी, महेन्द्र नमुना माबी, आदर्श विद्या आश्रम, गण्डकी इङलिस बोर्डिङ स्कुल, अर्जुन आवासीय माबी र ब्रिलेन्ट युनाइटेड एकेडेमीले प्रतिस्प्रर्धाको लागि समुह दर्ता गराएको महासचिव आचार्यले बताए । त्यस्तै सदरमुकाम बाहिरबाट जनजागृती माबी हँुगा, अर्जे माबी अर्जे, रिडि माबी रिडी र मालिका माबी सिमल्टारी प्रतिस्प्रर्धामा सहभागी छन् । पहिलो दिनको पहिलो खेल रिडर्स पब्लिक हाइ स्कुल भर्सेज मालिका माबी सिमलटारीबिच हुने छ । भने पहिलो दिनको दोस्रो खेल सिद्धबाबा माबी भर्सेज जनजागृती माबीबिच हुने क्लवका उपाध्यक्ष सुरज पोख्रेलले जानकारी दिए । त्यस्तै पहिलो चरणकै खेल अन्तरगत फागुन ४ गते ब्रिलेन्ट युनाइटेड एकेडेमी भर्सेज गण्डकी इङलिस बोर्डिङ स्कुल, अर्जे मावि अर्जे भर्सेज अर्जुन आवासीय माविबिच हुने छ । त्यस्तै सोहि दिन पहिलो चरणको अन्तिम खेल आदर्श बिद्या आश्रम भर्सेज रिडि माविबिच हुने उपाध्यक्ष पोख्रेलले बताए ।

पहिलो चरणको खेलमा महेन्द्र नमूना माविले बाई पाएको छ । क्लवको १० औ बार्षिक उत्सवको अवसरमा ‘फोर्टिन स्टार फुटवल कप–२०७७’ को आयोजना गरेको हो । रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले प्रतियोगीताको उद्घाटन गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष बिक्रमसिंह बुढाले जानकारी दिए । यो प्रतियोगीता ५ दिनसम्म संचालन हुनेछ । प्रतियोगीतामा बिजेतालाई ३५ हजार र उपबिजेतालाई २५ हजार नगदसहित ट्रफि प्राप्त बुढाले बताए । यो मावि स्तरको सर्वाधिक राशी पुरस्कार भएको प्रतियोगीता भएको क्लवको दाबी छ ।

यस अघि पनि क्लवले ३३ हजार ३ सय ३३ राशीको फुटवल प्रतियोगीता आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?