फोर्टिन स्टारद्धारा फुटवल प्रतियोगीताको आयव्यय सार्वजनिक

टोपलाल अर्याल गुल्मी, १५ चैत

गुल्मीको तम्घास स्थित चिदिचौर खेल मैदानमा संचालन भएको तेस्रो ‘फोर्टिन स्टार फुटवल कप’ को आयव्यय सार्वजनिक भएको छ । फोर्टिन स्टार युवा क्लवले गत चैत ३ गतेदेखि ७ गतेसम्म फुटवल प्रतियोगीता संचालन गरेको थियो ।

प्रतियोगीतामा जिल्लाका ११ बिद्यालयले प्रतिस्प्रर्धा गरेका थिए । प्रतियोगीताको लागि क्लवले ३ लाख ४४ हजार संकलन गरेको थियो । मुख्य प्रायोजक कोरियन ग्रुपबाट ५० हजार, सह प्रायोजक, वडा नं १ र २ बाट ४८ हजार, उद्योग बाणिव्य संघबाट १० हजार, साइन रेसुंगा बैंक र भलाई कोषबाट २० हजार अन्य विभिन्न सहयोगी संघ÷संस्था र व्यक्तिबाट १ लाख ५० हजार, टिम दर्ताबाट ३३ हजार तथा उठ्न बाँकी रहेको ३३ हजार गरेर ३ लाख ४४ हजार आम्दानी गरिएको क्लवका उपाध्यक्ष सुरज पोख्रेलले जानकारी दिए ।

त्यस्तै पुरस्कारमा ६० हजार, मेडल, प्रमाणपत्र, ट्रफि र मायाको चिनोमा ४५ हजार, बिज्ञापन र व्यानर १७ हजार ५ सय, खेलाडी होटल खर्च २४ हजार, रेफ्रि पारिश्रमीक १८ हजार, खाजा (कलाकार तथा स्वयसेवक) ४० हजार, भिडियो निर्माणमा १५ हजार, ग्राउण्ड मर्मत र स्टेशनरी ७ हजार ५ सय, साउण्ड सिस्टम २० हजार, एन्फासहित अतिथी सत्कारमा १५ हजार सहित अन्य विभिन्न शिर्षकमा खर्च गरिएको पोख्रेलले बताए । क्लवले बचत भएको ५४ हजार ५ सय पनि विभिन्न सामाजिक कार्यमा खर्च गर्ने भएको छ ।

सिद्धबाबा माविको कक्षा १२ मा अध्ययनरत सागर खत्रीलाई एक बर्षको छात्रबृतिमा सहयोग र सचेतना मूलक साइबोर्डहरु राख्ने लगायतका काम गर्ने योजना बनाएको क्लवमा अध्यक्ष बिक्रमसिंह बुढाले जानकारी दिए । प्रतियोगतामा तेस्रो ‘फोर्टिन स्टार फुटवल कप’ को उपाधी महेन्द्र माविले प्राप्त गरेको थियो । प्रतियोगीताको उद्घाटन रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र समापन अखिल नेपाल फुटवल संघका सह–महासचिव प्रकाश पंगेनीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?