नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जित्यो

 


नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ ।  सोमबार  दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ गोलले  पराजित गर्दै नेपालले उपाधि उचालेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?