फेसबुक बाटै दिए नेता नेपालले ओलीलाई धम्की , भन्छन मैदान छोडेर भाग्दैनौ

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले पार्टि हित बिपरित काम गरेको भन्दै पार्टिबाट निलम्बन गरेपछि बरिष्ठ नेता माधब कुमार नेपालले ओलीले गरेको निर्णय अस्विकार गर्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै नेता नेपालले नेता तथा कार्यकर्तालाई बिचलित नहुन पनि भनेका छन् ।

नेता नेपालले लेखेका छन् ” सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु । नीति, बिधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु । टुक्रा टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अत: निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?