इस्मामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु

टोपलाल अर्याल गुल्मी, १६ चैत

इस्मा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ ।

प्रतियोगीता इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले उद्घाटन गरे । कार्यक्रमलाई संबोधन गर्दै बिष्टले शारिरीक र मानसिक विकासका लागि खेल आवश्यक रहेको बताए । उनले खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले भौतिक संरचनासंगै अध्यक्ष कप, राष्ट्रपति रनिङशिल्ड लगायतका प्रतियोगीता संचालन गरिरहेको बताए

। प्रतियोगीता चैत १६ र १७ गते संचालन हुने प्रतियोगीतामा छात्रछात्रा भलिवल, कवडी, एथ्लेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट र ज्याब्लिङ थ्रो, सितेरियो कराँते, तेक्वान्दो र उसु लगायतका खेलहरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले जानकारी दिए ।

प्रतियोगीता इस्मा गाउँपालिका ४ को रामराज्य मावि प्राङगण र वडा नं ५ को महुत्का डाँडामा संचालन भएको छ । पहिलो दिन विभिन्न बिद्यालयबिच पहिलो चरणका छात्रछात्रा भलिवल तथा कवडी खेल भएको रगाउँपालिकाका शिक्षा शाखा प्रमुख लाल बहादुर कुंवरले जानकारी दिए ।

प्रतियोगीतामा प्रथम हुने बिद्यालयले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, द्धतियले नगद १६ हजार, मेडल र प्रमाणपत्र तथा तृतिय स्थान प्राप्त गर्नेले १२ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कुवंरले जानकारी दिए । कार्यक्रम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता व्यावस्थापन तथा निर्देशन समिति संयोजक बिमला खत्रीको अध्यक्षता, समितिको सदस्य सचिव गुणाखर अर्यालको स्वागत तथा शिक्षा शाखा प्रमुख लाल बहादुर कुंवरको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ति, सवै वडाका वडाध्क्ष, कार्यपालिका सदस्य, राजनैतिक दलमा प्रतिनिधी, विभिन्न बिद्यालयका प्रध्यानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?