शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघको मृत्यु 

हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ चैत्र ।

कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघको मृत्यु भएको छ ।

सोमबार दिउँसो घाइते अवस्थामा भेटिएको पाटे बाघको गएराति मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार, मृत बाघको मंगलबार दिउँसो शव परीक्षण गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमै गाडिएको छ । शव परीक्षणबाट मृत बाघको घाँटीमा गहिरो घाउ देखिएकोले पासोमा परेको हुनसक्ने अनुमान गरिएको छ ।

उक्त बाघ निकुञ्जको दक्षिणी भागमा नेपाल-भारत सीमा स्तम्भ नम्बर २४ नजिक भेटिएकोले निकुञ्ज भित्रकै बाघ हो वा भारतीय जंगलबाट भित्रिएको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?