Breaking : बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा ४ जना पक्राउ

घटनामा ज्यान गुमाएका दुई जनाको पोष्टमार्टम भयो

चैत्र १७ बाग्लुङ

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आंशकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न रहेकाे आशंकामा मंगलबार साँझ बडिगाड–१० का ४ जना स्थानीय युवालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार घटनामा संलग्न रहेको आरोपमा ४ जना स्थानीयलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ पठाइएको छ ।

‘अहिले हामीले भन्न मिल्दैन, अनुसन्धान प्रभावित हुन्छ, एक प्रहरी अधिकारीले भने, ‘घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिइ अनुसन्धान गर्ने काम भइरहको छ । उनीहरुको स्वास्थ्य चाँजपछि थप अनुसन्धान अघि बढ्छ ।’

घटनाका आरोपीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।

आइबार होली खेल्ने क्रममा युवतीलाई जबजस्ती रंग लगाइदिँदा उत्पन्न झडपमा दुई जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा निसिखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइ हुन् । उनीहको शव घटनास्थलभन्दा करिब ५ सय मिटर तल जंगलमा फेला परेको थियो ।

घटनामा ज्यान गुमाएका दुई जनाको पोष्टमार्टम गरिएको छ । परिवारको सहमतिमा उनीहरुकाे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको हो । बुधबार शव आफ्न्तको जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ ।

नयाँ विश्व बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?