बाग्लुङ घटना : परिवारले शव बुझे, पक्राउ परेका आरोपित सार्वजनिक गर्ने तयारी !


जिबन पाण्डे , १८ चैत्र , बाग्लुङ

बाग्लुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ उनीहरुलाई दर्लिङ निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

उनकाअनुसार पक्राउ पर्ने क्रम जारी रहेकाले पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गर्ने तयारी गरिएको छ । ‘अहिलेसम्म हेर्दा हाम्रो अनुसन्धान दोषी नजिक पुगेको छ’ ‘”आज अथवा भोलिसम्म अभियुक्तहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गछौं” ’ उनले भने ।

घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरीसहित बागलुङका एसपी कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

बाग्लुङ, गुल्मी र प्युठानको सिमाना बल्देघुरीमा आइतबार होली खेल्ने क्रममा झडप हुँदा दुई जनाको हत्या भएको थियो । होली खेल्न क्रममा युवतीलाई जबरजस्ती होली लगाइदिँदा दुई समूहबीच झडप भएको थियो । झडप हुँदा निसीखोला गाउँपालिका–७ घर भएका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको हत्या भएको थियो । घटनाका घाइतेहरुको पाल्पा र बागलुङमा उपचार भइरहेको छ ।

झडपमा ज्यान गुमाएका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको शव परिवारले बुझेका छन् । अभियुक्त पक्राउ पर्ने क्रम जारी भएकाले परिवारले शव बुझेकाे इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएकाे छ । मृतक दुई जनाका मंगलबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टमको रिर्पोट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?