गुल्मीमा एकढिक्का एमाले बनाउन आह्वान , अध्यक्ष पन्त लाई गुटगत कृयाकलाप रोक्न आग्रह ( बिज्ञप्ती सहित )

भुबन भुसाल , चैत्र १८ , गुल्मी
गुल्मीमा नेकपा एमालेलाई एकढिक्का बनाउन आव्हान गरिएको छ । आज जिल्ला सदरमुकाम तम्घासमा नेकपा एमालेका नेताहरुको बैठकले पुर्ववत नेकपा एमालेको बैठक बोलाइ कार्यकर्ताको भावना अनुरुप पार्टी संचालन गर्न आग्रह गरेको छ ।
बैठक पछि नेकपा एमालेका सचिब सोमनाथ सापकोटा र जिल्ला समन्वय समितिका प्रमुख एव पार्टिका नेता लक्ष्मण पराजुलीको संयुक्त हस्ताक्षरित प्रेस बिज्ञप्तीमा नेकपा एमालेलाई बिभाजित पारेर कमजोर बनाउने गरि पार्टी अध्यक्ष केपि ओलिबाट गरिएका स्वेच्छाचारी , बिधान बिपरितका कदम अबिलम्ब रोक्न र कार्यकर्ताको भावना अनुरुप पार्टी संचालन गर्न जोडदार माग गरिएको छ ।
बैठकले नेकपा एमालेका २०७५ जेठ ३ गते अगाडिका आधिकारिक कमिटीको बैठक आयोजना गरि पार्टी कामलाइ अगाडि बढाउन र नेकपा एमालेको एकता बचाउनका लागि व्यापक दबाब सिर्जना गर्न पार्टी पक्ती सबैमा आव्हान समेत गरेको छ ।
नेकपा एमाले गुल्मीका प्रभाबशाली नेताहरु सम्मीलित बैठकले सिङ्गो एमालेको बैठक बस्नु पर्नेमा गुल्मी एमालेका कार्यबाहक अध्यक्ष मधुकृष्ण पन्तलाई पटक पटक आग्रह गर्दा पनि बैठक नराखेको आरोप लगाएको छ । बैठकले अध्यक्ष पन्तले गुटगत भेला राखेको आरोप लगाउदै पार्टी हित बिपरितका गतिविधि रोकि छिटो बैठकको आयोजना गर्न र पार्टी कामलाइ एकताबद्ध रुपमा अगाडि बढाउन आव्हान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?