च्याउ खेतीमा कस्सिए गुल्मीका युवा

टोपलाल अर्याल गुल्मी, १८ चैत

रेसुंगा नगरपालिका ९ का बाबुराम पाण्डेय तम्घासमा च्याउ खेतिको व्यावसायीक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् । उनले १० बर्षदेखि तम्घासमा व्यासायीक रुपमा च्याउ उत्पादन र बजारीकरणको काम गरिरहेका छन् । उनले रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासमा रेसुंगा च्याउ उद्योग मार्फत २० लाखको लगानी गरेर च्याउ खेती गरेका छन् ।

अहिले पाण्डेयको फर्ममा च्याउ टिप्ने चटारो छ । तर, बजार अभावममा दैनिक सरदर ३ क्विन्टल उत्पादन हुने च्याउको व्यावस्थापन गर्न पाण्डेयलाई मुस्किल परिरहेको छ । अहिले मोटरसाइकलमा राखेर च्याउ गाउँगाउँमा पुराउनुपर्ने बाध्यता पाण्डेयलाई छ । पछिल्लो समय जिल्लामा कृषिको क्षेत्रमा थुप्रै स्थानीय तहले नयाँ–नयाँ कार्यक्रमहरु संचालन गरेका छन् । त्यसैले पनि कृषि कर्ममा लाग्ने युवाहरुको संख्या बढ्दै गएको छ । भने उत्पादन पनि सोहि अनुसार भइरहेको छ । तर, च्याउ किसानलाई बजारीकरणको मात्रै पिरलो छैन ।

सरकारले प्रदान गर्ने बेमौषमी अनुदानले पनि समस्या पुराएको छ । पाण्डेले राज्यबाट अनुदान पाउन मुस्किल रहेको बताए । ‘बेमौषम जेठ असारमा अनुदान दिएर के गर्ने त्यो किरा लाग्ने बेला हो,’उनले भने,‘अहिले अनुदान चाहिएको छ । तर कहाँ पाउनु ।’ बजारीकरणको समस्याकै बिच स्थानीय युवाहरुमा व्यावसायीक च्याउ खेती प्रतिको आकर्षण भने बढ्दै गएको छ । पाण्डेयले रेसुंगा नगरपालिका ८ का रुपकलाल श्रेष्टसंग पुष्पाञ्जली एग्रो फर्म मार्फत संयुक्त रुपमा छुट्टै च्याउ खेती पनि गरिरहेका छन् । दुवै फर्ममा अस्थायी र नियमित गरेर १५ जनाले रोजगारी पाएका छन् ।

अहिले फर्ममा च्याउको बिउ राख्ने र बजारीकरणको काम भइरहेको छ । संयुक्त फर्मबाट बार्षिक २० देखि २५ लाखसम्म च्याउको कारोवार भइरहेको छ । यो बर्षदेखि पाण्डेय र श्रेष्ठले करिव ३५ लाखको लगानीमा सिताके च्याउको नयाँ व्यावसायीक उत्पादन सुरु गरेका छन् । उनीहरुले छुट्टै ब्लगमा गत बर्षदेखि कन्या च्याउको उत्पादन पनि गरिरहेका थिए । अहिले नयाँ जात र बजार मागको आधारमा ३५ सय मुढाहरुमा सिताके च्याउ उत्पादन थालेका छन् । फर्मको आधुनिकीकरणसंगै सिताके च्याउको उत्पादन सुरु गरिएको फर्म संचालक रुपकलाल श्रेष्ठले जानकारी दिए । सिताके च्याउको ६ महिनाबाट उत्पादन सुरु हुन्छ ।

अरु च्याको तुलनामा सिताकेको बजार मूल्य समेत बढि भएकाले बजारको पिरलो च्याउ संचालकसंग छ । अहिले कन्या च्याउको प्रति किलो बजार मुल्य ३ सय र सिताके च्याउको मुल्य ६ देखि ७ सयसम्म छ । तर, बजार ग्यारेण्टि नभएका कारण बिक्री नहुँदा कम मुल्यमा दिनुपर्ने बाध्यतामा च्याउ किसान छन् । च्याउ किसानले लागतका आधारमा रेसुंगा नगरले मुल्य दिदैन । जसका कारण उनीहरुले रेसुंगा हाट बजारमा च्याउ बिक्री गरिरहेका छैनन् ।

 

रेसुंगा नगरपालिकाले कृषकको सवै उत्पादनको बजारीकरणको लागि गत बर्षदेखि कृषि हाटबजार संचालनमा ल्याएको छ ,  भने उत्पादनमा आधारित अनुदानको व्यास्था पनि भइरहेको छ । नगरले नेपाल सरकारकै नीति अनुसार च्याउका कार्यक्रम संचालन गरिरहेको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । उद्योग कल कारखान नभएका पहाडी जिल्लाहरुको आर्थिक समृद्धिको प्रमुख आधार कृषि र पर्यटन हो । जसका लागि तीनै तहका सरकारहरुले विभिन्न योजनाहरु संचालन गरेका छन् । तर दृर्घकालिन भुगोल, हावापानी र जात सुहाँदो कृषि कार्यक्रम संचालनको नीति, कार्यक्रम र अनुदानका ध्यान दिन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?